Sidha Patra आइतबार, पुष ०६, २०८२

काठमाडौं । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै आयोगले अनुमति पाएको गाडीबाहेक अन्य गाडी प्रयोग गरी चुनाव प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति नलिई प्रयोग गरेमा त्यस्ता गाडीलाई नियन्त्रणमा लिई कारबाही गरिने उल्लेख छ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिई त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित चुनाव क्षेत्र वा उम्मेदवार भएको ठाउँमा आयोगले तोकेबमोजिम दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने गाडी मध्ये धेरैमा दुईवटा प्रयोग गर्न सकिनेछ । गाडी नचल्ने ठाँउमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ ।

यस्तै विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने र गाडीको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि रोक लगाइएको छ । आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको गाडी प्रयोग गरी अशक्तबाहेकका मतदाता ओसारपसार गर्न पाउने छैनन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]