
Gisld
Gmk
Pbu
Mbdvs
Sds
Rbs
mbd
Ksm
gst
Anm

Ggd
Rgs
Wsp
Rgu
Bbbpu
Ssm
Vor
Sls
Pvg
Asm
Rgu
Ksm
Bbu
Gst
Rsb
Sbs
nsb
Tsm
Hal

Gsb
Abd
Rpp
Jmb
Ptm
Syp
sab
Pls
Mks
Rmb
Jmb
bbt
Bml
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको हो ।
उपाधिसँगै लुम्बिनीका खेलाडीहरुले त्रिवि रंगशालामा खुसी साटासाट गरेका छन् ।प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भए । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।
यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे ।प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
