
Ppu
Ksb
Usb
Rks
Fmb
Tgp
Bsn
Gsb
Ssb
Ksb
Ssb
Ksb
jsb
Nsb
Rsb
Csb

Tsb
Hl1
Usb
Ssb
Gsb

Nps
Rgu
ptl
दाङ । राष्ट्रिय हाप्किडोको उपविजेता बनेको गोरखा आइडियलमा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
घोराही स्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङको राप्ती गाउँपालिकामा रहेको गोरखा आइडियल स्कुल उपविजेता बनेको थियो ।
नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा गत मंसिर १६ देखि २० गते सम्म सञ्चालन भएको च्याम्पियनसिपमा गोरखा आइडियल स्कुलले ५ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको हो । उपविजेता बनेको गोरखा आइडियलले शुक्रवार एक कार्यक्रमको आयोजना गरि सम्मान कार्यक्रम गरेको छ ।
गोरखा आइडियल स्कुलका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता एवम् नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालिबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोल्ड मेडल जितेका कक्षा ३ का कार्लोस खड्का, कक्षा ७ का प्रतिज्ञा गाहा, कक्षा १० का सुस्मिता दर्लामी, कक्षा ९ का प्रविण कुमाल र कक्षा ७ का असिम पुनलाई सम्मान गरिएको छ ।
त्यस्तै ब्रोन्ज मेडल जितेका कक्षा ५ का कृतिका खड्का र कक्षा ५ कै एरिक चौधरीलाई पनि सम्मान गरिएको छ । त्यस्तै राइजिङ प्लेयर तर्फ पुरुषमा कार्लोस खड्कालाई सम्मान गरिएको छ भने वेष्ट कोचको अवार्ड पाउन सफल सोही विद्यालयका प्रशिक्षक विक्रान्त भण्डारीलाई समेत सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका प्रध्यानाध्यापक बसन्तबहादुर पुनले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा सातै प्रदेशका १४८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
