
Mbdvs
Gisld
Gmk
gst
Anm
Pbu
Ksm
Sds
mbd
Rbs

Hal
Wsp
Ssm
Rgu
Bbu
Gst
Sbs
Pvg
Rsb
Sls
Bbbpu
Rgu
Rgs
Tsm
Vor
Ggd
nsb
Asm
Ksm

Syp
bbt
Mks
Bml
Jmb
Rpp
Jmb
Abd
sab
Gsb
Ptm
Pls
Rmb
दाङ । राष्ट्रिय हाप्किडोको उपविजेता बनेको गोरखा आइडियलमा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
घोराही स्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङको राप्ती गाउँपालिकामा रहेको गोरखा आइडियल स्कुल उपविजेता बनेको थियो ।
नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा गत मंसिर १६ देखि २० गते सम्म सञ्चालन भएको च्याम्पियनसिपमा गोरखा आइडियल स्कुलले ५ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको हो । उपविजेता बनेको गोरखा आइडियलले शुक्रवार एक कार्यक्रमको आयोजना गरि सम्मान कार्यक्रम गरेको छ ।
गोरखा आइडियल स्कुलका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता एवम् नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालिबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोल्ड मेडल जितेका कक्षा ३ का कार्लोस खड्का, कक्षा ७ का प्रतिज्ञा गाहा, कक्षा १० का सुस्मिता दर्लामी, कक्षा ९ का प्रविण कुमाल र कक्षा ७ का असिम पुनलाई सम्मान गरिएको छ ।
त्यस्तै ब्रोन्ज मेडल जितेका कक्षा ५ का कृतिका खड्का र कक्षा ५ कै एरिक चौधरीलाई पनि सम्मान गरिएको छ । त्यस्तै राइजिङ प्लेयर तर्फ पुरुषमा कार्लोस खड्कालाई सम्मान गरिएको छ भने वेष्ट कोचको अवार्ड पाउन सफल सोही विद्यालयका प्रशिक्षक विक्रान्त भण्डारीलाई समेत सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका प्रध्यानाध्यापक बसन्तबहादुर पुनले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा सातै प्रदेशका १४८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
