
Gisld
Rbs
Anm
Ksm
Pbu
Gmk
gst
Sds
mbd
Mbdvs

Asm
Rgu
Bbu
Hal
Pvg
Wsp
Tsm
Ksm
Sls
Sbs
Rgu
Ggd
Rsb
Bbbpu
Vor
Gst
nsb
Ssm
Rgs

sab
Pls
Rpp
Bml
Rmb
Syp
Jmb
Ptm
Abd
bbt
Mks
Jmb
Gsb
दाङ । घोराही स्थित दाङभ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङभ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ ।
नेपाल हाप्किडो संघको आयोजना तथा दाङ भ्याली कलेज हाप्किडो डोजाङको सह– आयोजनामा तीनदिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा दाङभ्यालीले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण,९ रजत र १२ कास्य पदक सहित उपाधि हात पारेको हो ।
त्यस्तै उक्त प्रतियोगितामा गोरखा आइडियल स्कुल,लमही उपविजेता बनेको छ । स्कुले टोलीले पाँच स्वर्ण र तीन कास्य पदक प्राप्त गरेको थियो। यस्तै डडेलधुराको दुर्गा माध्यमिक विद्यालयले तीन स्वर्ण,दुई रजत र तीन कास्य सहित सान्त्वना स्थान हासिल गर्न सफल भयो ।
दाङभ्याली कलेज हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक तथा कार्यक्रम संयोजक विशाल थापाको अध्यक्षता,शुभ सन्देश शिक्षा सदनका प्रिन्सिपल थमन बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा विजेता,उपविजेता र सान्त्वना हुने टोलीलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा पुरुषतर्फ दुर्गा मावि डडेल्धुराका चन्द्र सारु मगर र महिलातर्फ महेन्द्र मावि,कास्कीकी मेग्मा गुरुङ सम्मानित भएका थिए । राइजिङ प्लेयरतर्फ पुरुषमा गोर्खा आइडियलका करलस खड्का र महिलातर्फ सगरमाथा स्कुलकी ज्यास्लीन पौडेललाई सम्मान गरिएको थियो। उत्कृष्ट स्कुल डोजाङतर्फ दाङभ्याली कलेज हाप्किडो डोजाङ सम्मानित भएको थियो ।
त्यस्तै यही मंसिर १७, १८ र १९ गते तीन दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा सातै प्रदेशका १५४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
