
Ssbus
Sssbus1
Sssbus1
Ssbus
Pbu
nsm
Gsl
ssbus
tssbus
Ssbus

nsb
Bbu
Ksm
Tsm
Asm
Wsp
Rgu
Hal
Gst
Rsb
Rgu
Ssm
Sls
Vor
Ggd
Pvg
Rgs
Sbs
Bbbpu

Syp
Ptm
Bml
bbt
Rpp
Jmb
sab
Pls
Mks
Jmb
Gsb
Rmb
Abd
काठमाडौँ । बैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेको छ ।
कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको उनी बताउँछन् ।
उनले आज मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताए । उनले भने, “तर उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगिका घटना बढ्दो नै छ ।”
सूचना अधिकारी आचार्यले पीडितबाट एक करोड २५ लाख बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।
अल्बानिया,अजरबैजान मेमोडोनिया सर्बिया लगायतका देशहरु पठाउने भनी मानिसबाट एक करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । नवलपरासी घर भई हाल काठमाडौँ बस्ने दिलबहादुर सारु मगरले सर्बिया पठाउने भनेर चार लाख ५० हजार ठगी गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई तीन लाख ८० हजार ठगीको आरोपमा पक्राउ गरिएको छ । सूचना अधिकारी आचार्यका अनुसार अब्लानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ ।
त्यस्तै उनीहरु तीनै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।रासस
