
Sds
Pbu
mbd
Gisld
Mbdvs
Rbs

Rgs
Bbbpu
Ssm
Gst
Rsb
Hal
Vor
Asm
Ggd
Rgu
Ksm
Bbu
Pvg
Sls
Rgu
Sbs
Wsp
Tsm
nsb

bbt
Gsb
Rmb
Jmb
Jmb
Ptm
Pls
Rpp
Mks
Abd
Syp
sab
Bml
दाङ । सरस्वती पुजाको अबसरमा लमही जेसीजले विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित अर्जुन आधारभुत बिद्यालयका ११ जना बिद्यार्थीहरुलाई कापी, कलम तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
जसमध्ये नतिजामा बिद्यालय प्रथम, दोस्रो र त्यस्रो हुने बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । त्यस्तै प्रत्यक कक्षामा अध्ययनरत १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थी गरि ८ जनालाई पनि शैक्षिक सामाग्री हस्तान्तरण गरेको लमही जसीजले जनाएको छ । त्यस्तै बिद्यार्थीकै लागि भनेर भलिबल र फुटबल पनि हस्तान्तरण गरिएको छ ।
त्यस्तै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले लमही नगरमध्यका तमाम् बिद्यालय हुँदापनि आफ्नै वडाको बिद्यालय छनौट गरेकोमा जेसीज परिवारलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । बिद्याको प्रतीक सरस्वती पुजाकै दिन शैक्षिक सामाग्री हस्तान्तरणले शिक्षा तर्फ सन्देशमुलक काम गरेकोमा खुसी ब्यक्त गर्नु भयो । प्रमुख अतिथी समेत रहनु भएका गिरीले यस्ता कार्यक्रमले बिद्यार्थीको हौसला बृद्दी गर्नुका साथै पढाई तर्फको रुचि अभिबृद्दी गर्ने बताउनु भयो । एक फरक प्रसँगमा बोल्दै गिरीले वडा-७ मा रहेको एकमात्र अर्जुन आधारभुत बिद्यालयमा आगामी शैक्षिक सत्रदेखी ९ कक्षा सञ्चालन गरिने आस्वासन दिनु भएको छ । यस क्षेत्रका विद्यार्थी भाईबहिनीहरु टाढा पढ्न जानुपर्ने बाध्यता अब छिट्टै हट्ने बताउनु भयो ।
यस्तै लमही जेसीज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । शैक्षिक सह-सँयोजक सन्तोष श्रेष्ठको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बिद्यालयका पुर्ब प्रधानाध्यापक नारायण प्रसाद मज्गैँया,बिद्यालय ब्यबस्थापन समितिका सदस्य रण बहादुर घर्ती, अध्यक्ष प्रेमलाल चौधरी,प्रधानाध्यापक महेश न्यौपाने,लमही जेसिज बर्ष २०१९ का अध्यक्ष शिव शँकर गुप्ता,बर्ष २००५ का अध्यक्ष हरि बहादुर कवँर लगायतका बक्ताले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन लमही जेसीज २०२१ का महासचिब सुन्दर के.सीले गर्नु भएको थियो । लमही जेसीज बर्ष २०२१ का पदाधिकारीले पद हस्तान्तरण गरे लगत्तै २ वटा महत्वपुर्ण कार्यक्रम गरिसकेको छ । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम दोस्रो हो ।
