
Sgp
Rgp
Jns
Rgp
lnp
Pbu
Rgp
ksb
Ggp
Usb
Dus
Asb
Lks
Ggp
Dbs
Rgp
Lnp


दाङ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले तुलसा राना मगरको अध्यक्षतामा नौ सदस्यीय प्रदेश परिषद समिति र पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ।
अधिवेशनले अध्यक्षमा तुल्सा राना मगर, उपाध्यक्षमा धन्कुमारी थारु,सचिवमा इराधा झाक्री मगर, सह–सचिवमा सन्तोषी श्रेष्ठ महर्जन,कोषाध्यक्षमा ललिता थारु,सदस्यमा कमला कुसुण्डा र देवी थापा निर्वाचित गरेको छ। बाँकी दुई सदस्य मनोनित हुनेछन् । त्यस्तै,पाँच सदस्यीय सल्लाहकार समितिमा तारा राना मगर,गीता भुजेल,जोगमाया कुमारी चौधरी, बुद्ध शेर्चन र हिमा कुसुण्डा चयन भएका छन्।
अधिवेशनको निर्वाचन मण्डलमा रिना बराम (संयोजक), तारा राना मगर (सदस्य) र संगिता घर्ती मगर (सदस्य) रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रीय महासचिव शोभा सुनुवार थिइन् । त्यस्तै,महासंघकी केन्द्रीय सचिव रिना बरामलगायतका अतिथिहरुले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनमा महिला सशक्तीकरण, समावेशी नेतृत्व, सामाजिक न्याय,भाषा–संस्कृति संरक्षण तथा संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल गरिएको थियो।
बोल्ने वक्ताहरुले आदिवासी जनजाति महिलाको अधिकार सुनिश्चितता, समान अवसर र नेतृत्व क्षमताको विकासमा महासंघले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई अझ प्रभावकारी रुपमा अभियान अघि बढाउने विश्वास व्यक्त गरे ।

