ओमप्रकाश गुप्ता आइतबार, भाद्र १५, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ १ वर्ष पछि विदेशबाट फर्केर जिम्मेवारी सम्हालेका छन् ।

पारिवारीक समस्याका कारण गत वर्षको साउन २० गते बेलायत गएका वडा अध्यक्ष गुरुङ वडाबासीकै मायाले एक बर्षमै स्वदेश फर्किएका हुन् । वडा अध्यक्ष गुरूङ विदेशबाट फर्किए लगत्तै जिम्मेवारी सम्हालेका छन् । उनी १ हप्ता अघि गृह जिल्ला दाङ आइपुगेका थिए ।

उनी विदेश जानू अघि वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर गएका थिए । यता राप्ती गाउँपालिका गाउँकार्यपालिकामा अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन् । वडा अध्यक्ष गुरूङ भदौ १३ गते बसेको कार्यपालिका बैठकमा आएपछि कार्यपालिका भित्र विरोध सुरू भयो भने कार्यपालिका बैठक समेत चल्न सकेन् ।

गुरुङ बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न दिईएको थियो । तर, उनको कुरा चित्त बुझ्दो नभएपछि प्रबक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा–४ का वडा अध्यक्ष वीरबहादुर चौधरी, वडा–६ का वडा अध्यक्ष दीपक कुमार चौधरी र कार्यपालिका सदस्य रण बहादुर पुजालीले लिखित रूपमै विरोध जनाए । उनीहरूले नो अफ डिसेन्ट लेखेर बैठकबाट बाहिरिए । प्रबक्ता चौधरीका अनुसार वडा अध्यक्ष गुरुङ अब विदेश नजाने र बाँकी कार्यकाल वडाध्यक्षका रुपमा काम गर्ने भनि प्रतिबद्धता जनाएकाे बताए । तर, त्यसरी मनलाग्दी तरिकाले जाने कुरा जनमत माथि अपमान भएको उनको भनाई छ ।

त्यस्तै गुरुङलाई कार्यपालिका बैठकमा समेत नबोलाउँदा पनि आफै आएको प्रबक्ता चौधरीको भनाई छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वडाध्यक्ष गुरुङलाई हाजिर गराउने वा नगर्ने विषयमा कानुनी परामर्श लिएर मात्रै निर्णय हुने बताए । गुरुङ एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । २०७९ को चुनाबमा उनी विजयी भएका थिए । उनी निर्वाचित हुनुभन्दा पहिले सोही वडाको कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]