
ksb
Lks
Rgp
Ggp
Dus
Sgp
lnp
Asb
Lnp
Rgp
Rgp
Usb
Jns
Ggp
Rgp

lms

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको उपचारका क्रममा निधन भएको छ ।
एमालेको समानुपातिकबाट रुकुम पूर्वबाट निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।
त्यस्तै पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् । उनलाई मुटुसम्बन्धी समस्या रहेको थियो ।
