Sidha Patra शुक्रबार, भाद्र १३, २०८२

दाङ । देउखुरीका चार स्थानीय तहहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका छन् ।

त्यस्तै पालिकाहरुको शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अट्वारी पर्बमा बिदा दिने निर्णय गरेको जनाएका छन् । पालिकाहरुले जारी गरेको सुचना अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भाद्र १५ र १६ गते दुईदिन र राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भाद्र १५ गते एकदिन सार्बजनिक बिदा हुनेछन् ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट,गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल र राजपुर गाउँपालिकाका प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीद्वारा छुट्टाछुट्टै सुचना जारी गरि सार्बजनिक बिदा दिईएको छ । साथै, संस्कृति र परम्पराको संरक्षणका नाममा देखिन सक्ने विकृति वा अपसंस्कृति गतिविधिप्रति सचेत रहन पनि सूचना मार्फत सबैलाई आग्रह गरिएको छ ।

थारु समुदायको पर्व अट्वारीको महत्व:

भाद्र १५ गते थारु समुदायले आफ्नो महान पर्व अट्वारी धूमधामका साथ मनाउँदैछन् । अट्वारीलाई थारु समुदायले धार्मिक,सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा लिन्छन् । विशेषगरी यो पर्व भगवान् सूर्यलाई समर्पित हुन्छ । थारु महिलाहरुले यस दिन बिहानै स्नान गरी उपवास बस्ने,सूर्यलाई अर्घ दिने र परिवारको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्ने चलन रहिआएको छ ।

यस्तै अट्वारीलाई “थारु महिलाको पर्व” पनि भनिन्छ । किनभने यस दिन उनीहरूले घर परिवारको रक्षा, श्रीमान् र सन्तानको दीर्घायु तथा रोग–व्याधिबाट मुक्ति पाउन प्रार्थना गर्छन् । बेलुकी उपवास तोडेर सामूहिक रूपमा परम्परागत थारु परिकार–ढेकिया तरकारी,भटमास,तरुल,धान्य परिकार आदिको प्रयोग गरी पर्व मनाइन्छ । यसले महिलाको श्रद्धा, भक्ति र परिवारप्रतिको समर्पणलाई झल्काउँछ । १६ गते घरमा बनाईएका पावर चेलीलाई घरसम्म पुर्याउने चलन छ । सोहीदिन भेटघाट, दुख सुख साटासाट र खानपिनलाई बढि महत्व दिँदै आईएको छ ।

त्यस्तै सामाजिक दृष्टिले अट्वारीले आपसी सद्भाव, सहकार्य र सामूहिक उत्सवको संस्कारलाई बलियो बनाउँछ । युवा पुस्ताले आफ्नो संस्कृतिको संरक्षण र पहिचानलाई निरन्तरता दिने अवसरका रुपमा यसलाई लिएका छन् । त्यसैले अट्वारी थारु समुदायको मात्र नभई सम्पूर्ण समाजमा सांस्कृतिक विविधता र सामुदायिक ऐक्यबद्धताको प्रतीकका रुपमा स्थापित भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]