
Ggp
Rgp
ksb
Rgp
Pbu
Ggp
Dus
Dbs
Lks
lnp
Rgp
Rgp
Sgp
Jns
Usb
Lnp
Asb


काठमाडौँ । हाल देशभर मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेका कारण शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ ।
त्यस्तै दिउँसो देशभरि नै बदली हुने महाशाखाको पूर्वानुमान छ । सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ । यसैगरी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ
यस्तै राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
