
Sgp
Rgp
Rgp
Lnp
Ggp
Lks
Jns
Dus
Usb
Ggp
ksb
Rgp
Asb
Rgp
lnp

lms

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर –५,को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।
त्यस्तै मृत्यु हुनेमा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की,४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से.१ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । यसैगरी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन्।
यस्तै घाइतेहरुको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन । ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
