Sidha Patra बुधबार, भाद्र ११, २०८२

दाङ । गोरखा कप भलिबल प्रतियोगिता २०८२ को उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले हात पारेको छ ।

गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगितामा छात्र र छात्रातर्फको दुबै उपाधि आयोजक विद्यालयले नै हात पारेको हो । छात्र र छात्रातर्फको दुबै खेलका फाइनलमा गोरखा मावि घोराहीले गोरखा मावि तुलसीपुरलाई २–० विरुद्ध सोझो सेटमा पराजित गरि विजयी भएको हो ।

दुबै खेलमा गोरखा मावि तुलसीपुरले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत गोरखा मावि घोराही, तुलसीपुर, लमही र भालुबाङका छात्र/छात्रा खेलाडीहरुको सहभागिता रहेको थियो । खेलमा उत्कृष्ट खेलाडीको रुपमा छात्रातर्फ गोरखा मावि तुलसीपुरकी अनिषा थापा, उत्कृष्ट स्पाइकर गोरखा मावि घोराहीकी अनिता पुन, छात्रतर्फ उत्कृष्ट खेलाडी गोरखा मावि घोराहीका सन्देश डिसी र उत्कृष्ट स्पाइकर गोरखा मावि तुलसीपुरका पवन ओली भएका थिए । खेलमा कृष्ण डाँगी र धनमाया बोहराले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढा मगरको प्रमुख आतिथ्यमा उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । उद्घाटन कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य महेन्द्र अधिकारी र घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले शुभकामना दिएका थिए ।

विद्यालयका प्रिन्सिपल मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक शोभाकर पन्थीले गरेका थिए । गोरखा ग्रुपको शैक्षिक क्यालेन्डरअनुसार तुलसीपुरमा फुटबल,घोराहीमा भलिबल र लमहीमा क्रिकेट खेल हुने सो ग्रुपले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]