Sidha Patra मंगलबार, भाद्र १०, २०८२

दाङ । भारतीय निर्माण कम्पनीले जिम्मा लिएर अधुरै छोडेको घोराही–तुलसीपुर फोर लेन सडकको निर्माण प्रक्रिया पुनः सुरु भएको छ ।

यसअघि भारतीय कम्पनीलाई दिएको ठेक्का तोडेर नेपाल सरकारले नयाँ टेन्डर आह्वान गरी यस पटक नेपाली कम्पनीमार्फत सडक निर्माण प्रक्रिया अघि बढाएको हो । करिब दुई अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको यस सडक स्तरोन्नतिको जिम्मा दिवा–वन्दन भगवती जेभीले पाएको छ । हाल निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकले संयुक्त सर्भे सुरु गरेका छन् ।

दसैँलगत्तै स्थलगत रूपमा निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको सर्भे प्राविधिक तिलक खड्काको भनाइ छ । “हामी अहिले संयुक्त सर्भे गर्दैछौं । यहाँको भौगोलिक अवस्था, पूर्वाधार र संरचनाको अवस्थालाई मूल्याङ्कन गरेर नयाँ डिजाइन तयार पारिनेछ । दसैँपछि स्थलगत रुपमा काम सुरु गर्ने योजना छ ।”

मदन भण्डारी राजमार्ग आयोजना मार्फत निर्माण हुन लागेको यो सडकको लम्बाइ २१।५८ किलोमिटर रहनेछ । सहरी क्षेत्रमा ३० मिटर चौडाइ ९२० मिटर कालोपत्रे र दुवैतर्फ फुटपाथसहित० र ग्रामीण क्षेत्रमा १५ मिटर चौडाइको सडक निर्माण गरिनेछ । सडकको बीचमा तीन मिटरको मेडियनसहित रेलिङ र वृक्षारोपणको व्यवस्था हुनेछ ।

त्यस्तै यसअघि भारतीय एक्जिम बैङ्कको ऋण लगानीमा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टलाई ठेक्का दिइएको थियो । तर कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा ठेक्का रद्द गरिएको हो । लामो समयसम्म सडक जीर्ण अवस्थामा रहँदा दुर्घटनामा करिब तीन दर्जन मानिसले ज्यान गुमाएका थिए । नयाँ सम्झौताअनुसार २०८२ असार २४ गतेदेखि सुरु भएको निर्माण कार्य २०८५ असार २४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]