
Rgp
Ggp
Lnp
Rgp
Rgp
Ggp
lnp
Dbs
Rgp
Sgp
Pbu
Jns
Asb
Lks
Usb
Dus
ksb


कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर ३
झण्डेनगरबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना भारती नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरि रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई पक्राउ गरिएको हो ।
कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगरबाट थप अनुसंधान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ परेका कैफलाई कपिलवस्तु जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
