
Csbg-7
Gsbr-6
Gsbg-3
Rksr-7
Pbu
Msbg-2
Jsbg-7
Jsbr-3
Usbl-7
ksbl-7


दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष विष्णु खत्रीलाई सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट निष्कासन गरेको छ । साथै उनलाई एक वर्षका लागि साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ ।
संगठनले जारी गरेको विज्ञप्ति अनुसार खत्रीले ट्रेड युनियनको नाममा अराजक गतिविधि गर्ने, राहत शिक्षकहरूलाई भ्रममा पार्ने, पेसागत स्थायित्वका अवसरबाट वञ्चित गराउने, संगठनप्रति अनावश्यक भ्रम छर्ने तथा शिक्षा ऐन विरोधी तत्वसँग साँठगाँठ गर्नेजस्ता गतिविधि गरेका आरोप लगाइएको छ ।
यस्तै संगठनले खत्रीमाथि नेतृत्वप्रति गुन्डागर्दी शैलीमा आक्रमण गर्ने,संगठन र शिक्षक समुदायविरुद्ध अनर्गल प्रचार गर्ने र शैक्षिक आन्दोलनलाई कमजोर पार्ने कार्य गरेको भन्दै कारबाही गरिएको जनाएको छ ।
यहिँ भदौ ७ गते बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयअनुसार विधानको दफा ६.१९ र ७.४(थ) विपरीत कार्य गरेको प्रमाणित भएकाले उनलाई साेही मितिदेखि लागू हुने गरी निष्कासन गरिएको संगठनका महासचिव कुलप्रसाद खतिवडा र अध्यक्ष शंकर अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । उनी अहिले राजपुर -७ सिक्टा माध्यमिक विद्यालयमा कार्यरत छन् ।
