
Sgp
Rgp
lnp
Lnp
Rgp
Dbs
Asb
Rgp
ksb
Usb
Ggp
Rgp
Jns
Lks
Ggp
Pbu
Dus


दाङ । देउखुरीको लमही-५ देउपुर स्थित गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको विशेष भेला देउपुर मन्दिर परिसरमा आइतबार सम्पन्न गरिएको छ ।
मिलन केन्द्रका अध्यक्ष रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भेलाले केही महत्वपूर्ण निर्णय गरेको छ । भेलाले बिगतमा जिम्मा लिएको दुर्गा मन्दिरको बुझ बुझारत गर्ने,कर्मकाण्ड तथा ज्योतिष शिक्षा दिनका लागि अन्लाईन कक्षा संचालन गर्ने, मन्दिर संचालन उप-समिति गठन गरि जिम्मेवारी दिने,जेष्ठ नागरिक मिलन केन्द्रको नव निर्मित भवनको उपयुक्त समय हेरि उद्घाटन गर्ने र सोही अवसरमा धार्मिक कार्यक्रम पनि गर्ने निर्णय गरेको केन्द्रले जनाएको छ ।
त्यस्तै भेलाले सार्वजनिक कार्यक्रम गर्नका निमित्त जेष्ठ नागरिक मिलन केन्द्रको भवन परिसरमा मंच समेतको ट्रष्ट निर्माण गर्ने,शारीरिक तन्दुरुस्तीका निमित्त खुल्ला जिम पनि स्थापना गर्ने लगायतका निर्णय गरिएको मिलन केन्द्रका उपाध्यक्ष मनिराम केसीले जानकारी दिए ।
