
Rgp
Usb
Ggp
Pbu
Sgp
Rgp
Rgp
Rgp
Lks
Asb
ksb
Dus
lnp
Jns
Lnp
Ggp
Dbs


काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ। केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । जसअनुसार कोशी प्रदेशको संखुवासभामा अविरल वर्षाका कारण भोटखोला गाउँपालिका –४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी तेह्रथुम जिल्लाको लालीगुँरास नगरपालिका वडा नम्बर –७ तिनधुरेमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु भएको छ । बागमती प्रदेशमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पहिरोले नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ। सोही जिल्लाको गोसाइँकुण्ड–२, ३ मा बाढीले पासङल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग र पहिरोका कारण काठमाडौँ–नुवाकोट सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।
यस्तै गण्डकी प्रदेशको बागलुङ, नवलपरासी (पूर्व) र तनहुँ जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र पृथ्वी राजमार्गका केही खण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
लुम्बिनी प्रदेशमा दाङको राप्ती राजमार्ग पनि सडक एकतर्फी मात्र चालू रहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६रिजिगारमा बाढीले जाजरकोट –डोल्पा–भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा दार्चुलाको शैल्यशिखर नगरपालिका–०६ तेरछर्यालेकमा पहिरो जाँदा गोकुलेश्वर–दार्चुला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
