
Rgp
Usb
Ggp
Dus
Rgp
lnp
Asb
Ggp
Rgp
Sgp
Lnp
ksb
Jns
Lks
Rgp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा पालिकाका विभिन्न वडाका महिलाहरुले सहभागी भई नाचगान प्रस्तुत गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले चेली र माइतीबीच आपसी एकता, माया–ममता र सांस्कृतिक पहिचानलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने बताए । उनले मौलिक पर्वलाई आत्मसात् गर्दै संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गरे ।
त्यसैगरी, उपाध्यक्ष कमलापति चौधरीले तीज जस्ता पर्वले महिला सशक्तीकरण,सामाजिक सद्भाव र उत्साहको वातावरण सिर्जना गर्ने उल्लेख गर्दै महिलाहरूले देखाएको सक्रियता र उत्साहप्रति धन्यवाद ज्ञापन गरिन् ।
राप्ती गाउँपालिकाले प्रत्येक वर्ष तीज पर्वको अवसरमा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको कार्यक्रममा पनि सहभागीहरूले दर खाने,रमाइलो गर्ने र तीजको परम्परागत महत्वलाई स्मरण गर्दै खुसी साटासाट गरेका थिए।
