
Usb
Rgp
Rgp
Ggp
Rgp
Ggp
ksb
Asb
Sgp
lnp
Pbu
Lnp
Lks
Jns
Dbs
Dus
Rgp


दाङ । देउखुरीको प्रमुख व्यापारिक केन्द्र लमहीमा ‘केजीएफ होटल एण्ड लज’ सोमबारदेखि सञ्चालनमा आएको छ ।
लमही नगरपालिका वडा नम्बर ५, रातोडाडामा करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको केजीएफ होटल एण्ड लज औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
होटलसँगै ‘ग्लोरी स्पा’ नामक अत्याधुनिक सुविधा पनि उपलब्ध गराइएको छ, जसले यस क्षेत्रमा होटल उद्योगको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । होटलमा आरामदायी बसोबासको व्यवस्था मात्र नभई स्पा, विशिष्ट खानपान, सभाहल तथा आधुनिक सजावटका कोठा राखिएका छन् । होटलको औपचारिक उद्घाटन देउखुरी उद्योग वाणिज्य संघ, लमहीका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले रिबन काटेर गरेका हुन् ।
होटल सञ्चालक जुमान गिरी र नमराज खत्री (नविन) ले होटल सञ्चालनमा ल्याएको जानकारी दिँदै व्यवसायिक पारदर्शिता र गुणस्तरीय सेवामार्फत सम्पूर्ण पाहुनालाई सन्तुष्ट गराउने लक्ष्य रहेको बताए । उनीहरुका अनुसार होटलमा आगन्तुकलाई घरजस्तै वातावरण, सफा तथा व्यवस्थित सेवा उपलब्ध गराइनेछ ।
बाणिज्य संघका अध्यक्ष ठकुरीले होटल उद्घाटन गर्दै लमहीमा बढ्दो व्यवसायिक गतिविधि र सम्भावनाको चर्चा गर्दै केजीएफ होटल एण्ड लजले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “लमही अहिले व्यापार, शिक्षा र यातायातको केन्द्र बन्दै गएको छ । यस्तो अवस्थामा गुणस्तरीय होटल र स्पा सेवाले पर्यटकलाई तानेर यहाँको अर्थतन्त्रलाई बलियो बनाउन ठूलो योगदान पुर्याउनेछ ।”
नयाँ होटेलले स्थानिय स्तरमै रोजगारी श्रृजना गर्नुका साथै ‘ग्लोरी स्पा’ सेवाले लमही क्षेत्रमा नपाइएको आधुनिक स्पा सुविधा अब उपलब्ध गराउनेछ । करिब ५० जना पाहुनाको बसोबास गर्न सक्ने क्षमता भएको उक्त होटलमा वातानुकूलित कोठा, पारिवारिक रुम, सेमिनार हल, नेपाली तथा अन्तर्राष्ट्रिय खानपान सुविधा उपलब्ध हुने सञ्चालकले जनाएका छन् ।
केजीएफ होटल एण्ड लज सञ्चालनमा आएपछि प्रतिस्पर्धा मात्र नभई सेवा गुणस्तरमा सुधार हुने व्यवसायीहएरुको अपेक्षा छ । स्थानीय बासिन्दाले भने यस होटल र स्पा सेवाले लमहीलाई अझ व्यवस्थित सहरका रुपमा चिनाउन मद्दत गर्ने प्रतिक्रिया दिएका छन् ।
