
Lnp
Djs
Sgr
sbs
Gfs
Rgp1
Unsku
Srbpu
Ggp
Pes
Rgp
Pbu
cjs
pku

Sbs
Rgu
Pvg
nsb
Tsm
Asm
Rsb
Vor
Rgu
Bbu
Wsp
Gst
Sls
Bbbpu
Hal
Ksm
Rgs
Ssm
Ggd

sab
Mks
Syp
Abd
Rpp
Gsb
Pls
Bml
Rmb
Ptm
bbt
Jmb
Jmb
बालाराम खड्का दाङ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज तुलसीपुर दाङ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले वार्षिक करिब तीन लाख बिरामीलाई आँखा उपचार सेवा दिएका छन् भने १६ हजार बढीलाई कान उपचार सेवा दिएका छन् । एक वर्षको अवधिमा १५ हजार सात सय ३६ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
राप्ती आँखा अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा अस्पताल र उपचार केन्द्रले दुई लाख ९० हजार छ सय ९१ जनाको आँखाको उपचार र १६ हजार तीन सय ४६ जनाको कानको उपचार सेवा दिइएको छ । यसैगरी ८३ हजार सात सय आठ जनाको चस्मा जाँच गरेकोमा २२ हजार नौ सय ६५ जना चस्मा लगाउनु पर्ने आँखाका बिरामी रहेका छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको दाङमा दुई वटा अस्पताल, कपिलवस्तुमा एउटा र जिल्लामा आँखा उपचार तथा सर्जिकल केन्द्रसहित पाँच वटा र सल्यान, रुकुम पूर्वमा एक÷एक वटा आँखा उपचार केन्द्र, रुकुम पश्चिम र रोल्पाको सुलिचौरमा एक–एक वटा आँखा उपचार सर्जिकल सेन्टर रहेका छन् ।
जस अन्तर्गत आँखा अस्पताल र उपचार केन्द्रबाट दुई लाख २८ हजार सात सय ४५ जना नागरिक र बाह्य कार्यक्रम अन्तर्गत ६१ हजार नौ सय ४६ जना गरी एक वर्षमा दुई लाख ९० हजार छ सय ९१ जनालाई आँखाको उपचार सेवा प्रवाह गरेको बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
राप्ती आँखा अस्पताल रक्षाचौरले एक वर्षमा ६१ हजार नौ सय ४२, लमही आाँखा अस्पतालले ३८ हजार तीन सय ९२, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्ज कपिलवस्तुले ९१ हजार आठ सय ८३ जनालाई आँखा उपचार सेवा दिएको छ ।
यसैगरी घोराही आँखा उपचार सर्जिकल सेन्टरले तीन हजार सात सय ३५, सल्यान आँखा उपचार केन्द्रले सात हजार दुई सय १०, आँखा उपचार सर्जिकल सेन्टर रुकुम पश्चिमले छ हजार नौ सय ५६, कोइलाबास आँखा उपचार सर्जिकल सेन्टरले दुई हजार सात सय ६६, कृष्णनगर आँखा उपचार केन्द्रले पाँच हजार एक सय ६० लाई उपचार गरिएको छ ।
त्यसैगरी सुलिचौर आँखा उपचार सर्जिकल सेन्टर रोल्पाले तीन हजार चार सय ५०, आँखा उपचार केन्द्र रुकुम पूर्वले एक हजार दुई सय ५१, भालुबाङ आँखा उपचार केन्द्रले तीन हजार सात सय ३१, गढवा आँखा उपचार केन्द्रले एक हजार तीन सय ८६ र राजपुर आँखा उपचार केन्द्रले आठ सय ८३ जनालाई आँखा उपचार सेवा दिएको छ ।
राप्ती आँखा अस्पताल रक्षाचौरले एक वर्षमा दुई हजार तीन सय ४२, लमही आाँखा अस्पतालले एक हजार पाँच सय ५६, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्ज कपिलवस्तुले आठ हजार तीन सय ५६ जनाको आँखाको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।
यसैगरी शल्यक्रिया सहितको शिविरमा दुई हजार नौ सय १८ जनाको शल्यक्रिया गरिएको गौतमले बताएका छन् । संघद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले छ हजार दुई सय ९८ जनालाई आँखाको सामान्य उपचार तथा अन्य शल्यक्रिया सेवा दिएको छ ।
यसैगरी कान उपचार सेवा अन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौरले दुई हजार आठ सय ९६, लमही आँखा अस्पतालले नौ हजार एक सय २८, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्ज कपिलवस्तुले दुई हजार सात सय ५१ जनालाई कान उपचार सेवा प्रदान गरेको छ ।
अस्पतालले शल्यक्रिया उपचारसँगै विभिन्न स्थानमा प्राथमिक आँखा स्वास्थ्य शिक्षा पनि दिएको जनाएको छ । जस अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ मा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, धामीझाँक्री, पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह गरी चार सय ६६ जनालाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा दिएको जनाएको छ ।
आँखा अस्पतालले विद्यालयमा आँखा जाँच तथा प्राथमिक आँखा स्वास्थ्य शिक्षा दिने उद्देश्यले विभिन्न समयमा विद्यालय स्तरका आँखा स्वास्थ्य कार्यक्रम गर्दै आएको बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत गौतमले बताए ।
त्यस्तै उनका अनुसार २५ वटा स्कुलमा आँखा स्वास्थ्य शिक्षा र २५ वटा स्कुलमा निःशुल्क आँखा जाँच कार्यक्रम गरी एक वर्षमा चार हजार आठ सय ४८ जना विद्यार्थीको आँखा जाँच तथा आँखा स्वास्थ्य शिक्षा दिइएको छ । अस्पतालले जनिकको कामकाजीका लागि आवश्यक पर्ने ११ हजार एक सय ११ जनालाई निःशुल्क चस्मा वितरण गरेको गौतमले बताए ।
तीन वटै आँखा अस्पतालबाट नियमित रूपमा नेत्र विशेषज्ञबाट विशेषज्ञ सेवा उपलब्ध गराइएको छ भने रुकुम सर्जिकल आँखा उपचार केन्द्र, सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र, कोइलाबास सर्जिकल आँखा उपचार केन्द्र र घोराही फेको सेन्टरबाट मासिक एक पटक विशेषज्ञ सेवा अस्पतालले दिँदै आएका छन् ।
राप्ती आँखा अस्पतालमा हाल जलविन्दु विशेषज्ञ सहायक प्राध्यापक नेत्र विशेषज्ञको नेतृत्वबाट जलविन्दु विषय विशेषज्ञको सेवा, लमही आँखा अस्पतालका प्राध्यापक नेत्र विशेषज्ञबाट मेडिकल रेटिनाको विषय विशेषज्ञको सेवा उपलब्ध छ भने नाक, कान, घाँटीको विषय विशेषज्ञको सेवा उपलब्ध रहेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा सम्शेर थापाले जानकारी दिएका छन् ।
यस्तै छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा अकुलोप्लास्टि विषय विशेषज्ञको सेवा र तीनै अस्पतालमा रेटिना, कार्निया र बालरोग आँखा परामर्श उपचार सेवा उपलब्ध छ । छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा केही समय पश्चात सर्जिकल रेटिनाको सेवा उपलब्ध हुने र तीनवटै आँखा अस्पतालमा अर्को सेवा ड्राई आई थेरापी सेवा सुरुवात गरिने अस्पतालले जानकारी दिएको छ ।
