
Gfs
Lnp
Djs
Rgp
Srbpu
Sgr
sbs
Ggp
Pbu
Pes
pku
Rgp1
cjs
Unsku

Bbbpu
Rgu
Bbu
Ssm
Vor
Rgu
nsb
Ksm
Asm
Hal
Ggd
Rsb
Pvg
Sls
Gst
Tsm
Rgs
Sbs
Wsp

Rpp
Syp
Ptm
Gsb
Jmb
Abd
sab
Rmb
Bml
Mks
Pls
Jmb
bbt
दाङ । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ।
राप्ती गाउँपालिका,रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर,लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना विद्यार्थीहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण गरिनेछ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले भने, “हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरुको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो। मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकोले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो।”
त्यस्तै अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
