
Usb
Bsn
Ksb
Ssb
Rsb
Ssb
Nsb
Tgp
Ppu
Ksb
Csb
Ksb
Gsb
Rks

Usb
Tsb
Gsb
Hl1
Ssb

ptl
Rgu
Nps
दाङ । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ।
राप्ती गाउँपालिका,रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर,लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना विद्यार्थीहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण गरिनेछ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले भने, “हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरुको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो। मुटुरोगजस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकोले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो।”
त्यस्तै अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
