
pku
Ggp
Gfs
Pes
Unsku
Djs
Rgp
Pbu
Lnp
Sgr
Srbpu
sbs
Rgp1
cjs

Rgu
Hal
Vor
Tsm
Pvg
Asm
Sls
Ksm
Gst
Bbu
Sbs
Ssm
Rgs
nsb
Bbbpu
Rsb
Ggd
Rgu
Wsp

Rpp
Gsb
Pls
Syp
Mks
Jmb
Abd
Ptm
Jmb
Bml
sab
bbt
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन्।
गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालित सरसफाई अभियान अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने वडा नम्बर १ ले १ लाख रुपैयाँ बराबरको सरसफाई सामग्री,शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, दोस्रो स्थान प्राप्त गर्ने वडा नम्बर ८ ले ५० हजार रुपैयाँ बराबरको सामग्री र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै प्रतियोगिता अन्तर्गत वडा नम्बर १ देखि ९ सम्मका उत्कृष्ट टोल विकास संस्थाहरूलाई समेत छनोट गरि प्रत्येकलाई नगद २०/२० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो। साथै, सरसफाई कार्यमा योगदान पुर्याउने विभिन्न संघ–संस्थालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
त्यसैगरी,सरसफाई कार्यमा सक्रिय सरसफाईकर्मी तथा ट्याक्टर चालकहरूलाई नगद १ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो । सार्वजनिक सरसफाईमा देखिएको जागरण र सहभागिता अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
मूल्यांकनका क्रममा खुला दिसामुक्त अवस्था, सार्वजनिक स्थानहरूको सरसफाई, विद्यालय तथा स्वास्थ्य संस्थामा साबुन र पानीको उपलब्धता, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, टोल तथा वडा सौन्दर्यकरण, मासिक सरसफाई बैठक र कार्यक्रमको नियमितता लगायत १२ वटा सूचकलाई आधार बनाइएको थियो ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सरसफाईलाई अब समुदायको संस्कारको रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको साझा यात्रामा सबैको सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । अध्यक्ष विष्टले यस्ता अभियानलाई निरन्तरता दिँदै टोल विकास संस्थाहरूलाई थप सशक्त बनाइने जानकारी दिए ।
उपाध्यक्ष कमलापति चौधरीले प्रतियोगिताबाट वडाहरुबीच सकारात्मक प्रतिस्पर्धा सुरु भएको बताउँदै, सरसफाई स्वास्थ्य र वातावरणसँग जोडिएको संवेदनशील विषय भएकाले दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने धारणा राखिन् ।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाई अभियानलाई प्रभावकारी बनाउन समुदाय र स्थानीय सरकारबीचको सहकार्य आवश्यक रहेको बताउँदै नियमित सरसफाईमा सबैको सक्रियता आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा वडाध्यक्षहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु,टोल विकास संस्था,सञ्चारकर्मी, पालिकाका कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरुले ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’ सरसफाईलाई दिगो अभ्यास बनाउँदै लैजान उपयोगी माध्यम भएको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गरेका थिए । राप्ती गाउँपालिकाले करिब एक वर्षअघि वडा नम्बर २ को पुण्यपुरमा सरसफाई केन्द्र स्थापना गरेर प्लाष्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादन गर्दै आएको छ।
