
Djs
pku
Unsku
Lnp
Srbpu
Rgp1
Pbu
Gfs
Rgp
cjs
Ggp
sbs
Sgr
Pes

Pvg
Ksm
Rsb
Rgs
Gst
Tsm
Rgu
Hal
Asm
Wsp
Sbs
nsb
Bbbpu
Vor
Bbu
Ssm
Ggd
Sls
Rgu

Mks
Jmb
Rpp
Bml
Rmb
sab
Abd
Gsb
bbt
Jmb
Pls
Ptm
Syp
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान एक कार्यक्रमका बीच घोषणा गरेको छ ।
बुधबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेंगु संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । डेंगु संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेंगु सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए ।
यस्तै मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे । डेंगु सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेंगुमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरुमा डेंगु संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगु संक्रमित भएका छन् ।
