
Rgp
Rgp
Dbs
Sgp
Ggp
lnp
Lks
Dus
Jns
Rgp
Pbu
Asb
Usb
Ggp
ksb
Lnp
Rgp


दाङ । नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाका १ सय ३० जना किसानहरुलाई उन्नत जातको फलफूलको बिरुवा वितरण गरेको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङसँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई घर बगैंचा स्थापना गर्नका लागि उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको हो ।
त्यस्तै परियोजनाको खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाका ती किसानहरुलाई उन्नत जातका फलफूलका बिरुवा प्रदान गरिएको हो । उक्त कार्यक्रममा किसानहरुलाई घरबगैंचा बनाउनका लागि उन्नत जातका आँप, लिची,कागती,केरा,मेवा र अम्बा(बेलौती) का बिरुवा आवश्यकता अनुसार वितरण गरिएको छ । किसानहरुलाई पोषणको मुख्य स्रोतका रूपमा मानिएका विभिन्न जातका फलफूल घरमै उत्पादन गराउने र धेरै भएको उत्पादन बेचेर आयआर्जन समेत गराउने उद्देश्य राखेर विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको हो।
यस्तै वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा वि.सं.२०७४ देखि एकीकृत सामुदायीक विकास परियोजना मार्फत सामुदायीक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । कृषि,पोषण,आयआर्जन,जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको संस्थाका दाङका कार्यक्रम संयोजक शशांक आचार्यले बताए।
