
Lnp
Pbu
pku
Ggp
Sgr
Rgp1
Unsku
sbs
Srbpu
Djs
Pes
Gfs
cjs
Rgp

Gst
Rgu
Ggd
Rgs
Bbu
Ksm
Sbs
nsb
Bbbpu
Rgu
Asm
Sls
Tsm
Wsp
Vor
Pvg
Hal
Rsb
Ssm

Pls
Abd
Ptm
Rpp
Mks
sab
Jmb
Syp
Rmb
Gsb
Bml
Jmb
bbt
दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाको आयोजना र गढवा गाउँपालिकाको समन्वय सहकार्यमा विहिवार डेंगो महामारी रोग नियन्त्रणका लागि पालिका स्तरीय वहस,पैरबि, खोज तथा नष्ट अभियानको कार्यशाला सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाका निमित्त कार्यालय प्रमुख उज्ज्वल कुमार पौडेलको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यशालामा पोथी लामखुट्टेको टोकाईबाट मानिसहरुमा डेंगो रोग फैलिने भएकोले घर वरीपरि,कार्यालय, बजार तथा गाडी मर्मतका पसल र कवाड बिक्रीका पसलहरुमा पानी जम्न दिन नहुने कुरामा सहभागिहरुलाई सचेत बनाइएको थियो । डेंगो रोग निको पार्ने औषधि हालसम्म नबनेकोले बिरामीको लक्ष्यण र अवस्था अनुसार सामान्य औषधि गर्ने र रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने यसको बैकल्पिक उपचार रहेको कार्यक्रममा बताइएको हो ।
त्यस्तै डेंगो रोग पोथी लामखुट्टेको टोकाईबाट लाग्ने, भाले लामखुट्टेले मानिस लगायत कुनै जिवजन्तुहरुलाई नटोक्ने र सफा पानीमा पोथी लामखुट्टेले अण्डा तथा लार्भा हुर्काउने हुनाले आम नागरिकहरुले आफ्नो घर वरीपरि गमला,टायर, बाल्टीन तथा खाल्डाखुल्डी कतैपनि पानी जम्न नदिने कुरामा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय दाङले आव्हान गरेको छ । डेंगो रोगका चार चरणहरु हुने, एकपटक यो रोग लागेकबा मानिसहरुलाई पुनः अर्कोपटक लागेमा निकै जोखिम रहने र यो रोग लाग्यो भने लामखुट्टेले टोकेको ३ देखि १० दिनमा टाउको तथा पेट दुख्ने,आँखाको गेडीको पछाडीको भाग असाध्यै दुख्ने,शरिरमा राता बिविरा आउने र शरिर कट्कटी दुख्ने जस्ता लक्ष्यणहरु देखापर्ने स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
जनप्रतिनिधि,बिद्यालयका शिक्षकहरु,बिषयगत शाखाका प्रमुखहरु, संघसंस्था, सुरक्षकर्मि तथा सञ्चारकर्मिको उपस्थिति रहेको उक्त कार्याशालामा दाङका फोकल पर्सन कमल चन्दले डेंगो रोग, नियन्त्रणका उपायहरु र यसका लक्ष्यणहरुका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रम पश्चात् पालिकाकै फिल्डमा डेंगोका लार्भा र अण्डाहरु खोज्न फिल्ड भिजिट गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय दाङका शरद कुमार घिमिरेले गरेका थिए ।
