Sidha Patra मंगलबार, आषाढ १७, २०८२

काठमाडौं । नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

त्यस्तै पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका –६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।

विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ । स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेका थिए ।

त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ डाँका गरेको आरोप छ ।

यस्तै गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर शरीर बन्धक बनाएर डाँका गरेको कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]