
Sssbus1
Ssbus
Gsl
Pbu
Ssbus
tssbus
Ssbus
Sssbus1
nsm
ssbus

Rgu
Rgs
Ksm
Tsm
Asm
Gst
Bbu
Rgu
Wsp
Hal
Vor
Pvg
Ssm
Sls
Ggd
Sbs
Bbbpu
Rsb
nsb

Rpp
Abd
Gsb
Syp
Pls
Rmb
bbt
sab
Bml
Jmb
Jmb
Ptm
Mks
दाङ । गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि १७ औं गाउँसभाको अधिवेशन मार्फत मंगलवार ७८ करोड ७५ लाखको बजेट सभामा पेश गरेको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको १७ औं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शारदा कुमारी चौधरीले आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट प्रस्तुत गरेकि हुन् । चालुपूँजी तर्फ ५१ करोड ८३ लाख २२ हजार र पूँजिगत तर्फ २६ करोड ९२ लाख ७२ हजार गरि कूल ७८ करोड ७५ लाख ९४ हजारको बजेट उपाध्यक्ष चौधरीले सभामा पेश गर्नुभएको हो ।
बजेटमाथीको दफावार छलफल भने असार १२ गतेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ । शिक्षा, स्वास्थ्य कृषि र रोजगारःसमृद्ध गढवा गाउँपालिकाको आधार नारा तयगरि आगामी आर्थिक बर्षको बजेटले शिक्षा क्षेत्रमा ९ करोड ८५ लाख बजेट विनियोजन गरि फोकस गरेको पाइएको छ । बजेट अन्तर्गत आर्थिक बिकास तर्फ बिभिन्न योजनाहरु बनाएर ७ करोड ३१ लाख ७० हजार, सामाजिक विकास तर्फ ६ करोड ९६ लाख ५८ हजार, प्रशासनिक तथा कार्यालय ब्यवस्थापन तर्फ ४ करोड ६६ लाख, वन वातावरण र विपद् ब्यवस्थापन तर्फ १ करोड ३० लाख र भौतिक पूर्वाधार बिकास तर्फ २२ करोड ३१ लाख १० हजार बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ ।
जस अन्तर्गत सितभण्डार निर्माण निरन्तरताका लागि १ करोड, खाद्य सुरक्षित भण्डार निर्माणमा ५७ लाख, शिक्षा क्षेत्रमा ९ करोड ८५ लाख, कभर्डहल, बाटो स्तरोन्नती, वस्तिविकास पूर्वाधार र पार्क निर्माण तर्फ २ करोड ७५ लाख, कृषि प्रवर्धन तर्फ ३५ लाख, पशुपंक्षि तथा मत्स्य विकास तर्फ ४६ लाख ५० हजार, साना किसान युवा उद्यमशिलाता (भिटा परियोजना) तर्फ १ करोड १० लाख, उद्यम विकास तर्फ १५ लाख, राष्ट्रिय रोजगार कार्यक्रम तर्फ ४१ लाख, सहकारी बिकास र प्रविधि सिकाई तर्फ ७ लाख २० हजार, पर्यटन विकास तर्फ १५ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी विद्यालय वस ब्यवस्थापन र पूर्वाधार तर्फ १ करोड, भेटेनरी शिक्षा अध्ययन छात्रबृत्ति तर्फ २० लाख ३६ हजार, खेलकुद र सञ्चार तथा पत्रकारीता तर्फ २५ लाख, लागु औषध दुब्र्यशनि नियन्त्रण र सचेतना तर्फ ३२ लाख, पञ्जीकरण क्षमता विकास तर्फ ५ लाख, १५ शैयाको अस्पताल निर्माण लगायत समग्र स्वास्थ्य सेवा तर्फ ४ करोड ७३ लाख सहित योग,फिजियोथेराफि, शिसोधरा,स्नेहहन, पञ्चकर्म,आयुवेद उपचार,स्वेदन र बिभिन्न स्वास्थ्य शिविरकालागि ३० लाख, वालमैत्री स्थानीय शासन कार्यक्रमकालागि १० लाख ८० हजार, लक्षित समुदायका कार्यक्रमकालागि ४१ लाख बजेट छुट्टाइएको छ ।
त्यस्तै पूर्वाधार तर्फ सडक कालोपत्रेका लागि ३ करोड ६० लाख,नयाँ टेयाक र स्तरोन्नती तथा ढलनिकासका लागि २ करोड ४४ लाख ३० हजार, वस्ति संरक्षण तटवन्धन गर्न ३७ लाख ५० हजार,बिभिन्न खानेपानी योजना सम्पन्न गर्न २१ लाख, सिंचाई आयोजनाका लागि ५४ लाख ५० हजार, सुरक्षित आवास र वस्ति विकासका लागि १ करोड ३५ लाख, नदिजन्य पदार्थको अनुगमन, नियमन, ब्यवस्थापन र कर शिविर तर्फ ५ करोड ३० लाख, गाउँपालिकाका अन्य योजना तथा विविध कार्यक्रम तर्फ २ करोड, समपुरक बजेटबाट कार्यान्वयन हुने योजनाहरुका लागि १ करोड २० लाख, तिर्नुपर्ने दायित्व तर्फ ५ करोड तथा न्याय सम्पादन, इजलासमा ७ लाख र मानव संसाधन बिकास तथा क्ष्मता विकास तर्फ १३ लाख विनियोजन गरिएको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

