
Ksb
Ksb
jsb
Gsb
Rks
Ppu
Fmb
Ssb
Ksb
Tgp
Csb
Usb
Bsn
Rsb
Ssb
Nsb

Hl1
Ssb
Gsb
Usb
Tsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले कृषिमा आत्मनिर्भरता कायम गर्न आयातित बिउको प्रयोगमा कटौती गरी स्थानीय स्तरमै उत्पादित बिउविजन प्रयोग गर्न जोड दिएका छन् ।
शुक्रबार लमही नगरपालिका वडा नम्बर–२,मा रहेको हरितक्रान्ति कृषि सहकारी संस्थाको गोदाम भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नगर प्रमुख चौधरीले भारतबाट आयात हुने बिउमाथि पूर्ण प्रतिबन्ध लगाई अबका दिनमा स्वदेशी बिउमै भर पर्न किसानलाई आग्रह गरे । “हामी विदेशी बिउको भरमा नरहौँ,आफैँले उत्पादन गरौं, गुणस्तरीय बनाऔं र बजारसम्म पुर्याऔं,” उनले भने, “यसले कृषकको आत्मनिर्भरता बढाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुग्नेछ।”
त्यस्तै उनले स्थानीय कृषक,सहकारी संस्था र पालिकाबीच समन्वय गरेर कृषिजन्य उत्पादनको गुणस्तर वृद्धि गर्ने, उत्पादन लागत घटाउने र सस्तो दरमा बजारसम्म पुर्याउने रणनीति अपनाउने बताए । “बिउदेखि बजारसम्मको सञ्जाललाई व्यवस्थित गर्न सके कृषकको आम्दानी बढ्नेछ र कृषि क्षेत्र रोजगारीको मुख्य स्रोत बन्न सक्नेछ,” चौधरीले भने ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरीले स्वदेशी बिउको संरक्षण,प्रवर्द्धन र बजारीकरणका लागि सहकारीमार्फत प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे । चौधरीले सहकारीका पदाधिकारी र सदस्यहरु आफैँ यस्ता जिम्मेवारीबारे सचेत रहनु जरुरी रहेको उल्लेख गरे। यदि सहकारी संस्थाले आफ्नो भूमिकालाई राम्ररी बुझेमा मात्र कृषि क्षेत्रको दिगो विकास सम्भव हुने उनको भनाइ थियो ।
हरितक्रान्ति कृषि सहकारी संस्थाका अध्यक्ष काशी प्रसाद चौधरीले भने, “हामी आफैँले उत्पादन गरेको बिउ वितरण गर्नसक्ने संरचना बनाउँदैछौं, जसले कृषकको विश्वास जित्न मद्दत गर्नेछ ।” उनका अनुसार किसानलाई आधुनिक कृषि प्रविधिको जानकारी दिनु,सस्तो ब्याजमा ऋण उपलब्ध गराउनु, बीउ,मल,औजारको व्यवस्थापन गर्नु,उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुजस्ता कामहरू सहकारीको जिम्मेवारी भित्र पर्ने र सोहि अनुसार काम गरिने उनको भनाई छ ।
त्यस्तै सरकारको नीति, कृषकको परिश्रम र सहकारीको व्यवस्थापनबीचको समन्वयले स्वदेशी बिउ प्रणालीलाई स्थायी र भरपर्दो बनाउन सकिने सम्भावना देखिएको छ। बिउ उत्पादनमा आत्मनिर्भर बनेसँगै स्थानीय उत्पादनको बजारीकरण पनि सशक्त हुने विश्वास गरिएको छ । यो भवन निर्माणका लागि नेदरल्याण्डका नागरिकहरुको ६७ लाख रुपैयाँ सहयोगबाट हरितक्रान्ति कृषि सहकारी संस्थाको गोदाम भवन निर्माण हुन् लागेको हो ।
