
Ggp
Dbs
Rgp
Jns
lnp
Rgp
Pbu
Dus
Rgp
Lnp
Lks
Asb
Sgp
Rgp
Ggp
ksb
Usb


दाङ । शव बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा परेको छ। दुर्घटनामा चार जना सवारमध्ये तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टका अनुसार काठमाडौंतर्फ जाँदै गरेको प्र-३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सडकबाट करिब १०० मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
त्यस्तै घाइतेहरूमा २४ वर्षीय चालक सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई रहेका छन् । सबै घाइतेको उद्धार गरी उपचारका लागि अर्को एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पठाइएको छ । पुलिसले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
