
Rgp
Lks
Rgp
Pbu
Dbs
Rgp
lnp
Ggp
ksb
Rgp
Ggp
Usb
Jns
Asb
Lnp
Sgp
Dus


दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टले दाङ तुलसीपुरका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डीआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन् ।
अधिकाँस प्रतिबन्धित लागु औषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइरहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए । उनले लुम्बिनीका केही पहाडी जिल्लाहरुमा लुकिछिपी हुँदै आएको अफिमको बोटहरुको नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताए ।
त्यस्तै हालसालै सरुवा भइ आएका डिआइजी भट्टले आँफु पहिला रोल्पा लगायतका जिल्लामा काम गरेको भएपनि लुम्बिनी प्रदेश मातहतका जिल्लाहरुको अवलोक भ्रमण गरि भूगोल पहिचानका साथै सम्बन्धित क्षेत्रका समस्या सुन्ने काम गरि रहेको बताए ।
