
Dus
Jns
lnp
Usb
Rgp
Rgp
Rgp
Pbu
Lnp
Dbs
ksb
Sgp
Ggp
Lks
Ggp
Asb
Rgp


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४, को सालझण्डी सामुदायिक वन उपभोक्ता समूहले
१५ दिने ढकिया तथा थाकलको व्याग बुनाई र दुना टपरी बनाउने तालिम मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।
समूहका अध्यक्ष रामलक्ष्मण शाहको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कुँवरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कुँवरले स्थानीय सरकारले गर्न नसकेको कार्य सालझण्डी सामुदायिक वनले गरेकोमा आफू अत्यन्तै खुसी भएको बताएका छन् ।
त्यस्तै उनले सम्पूर्ण महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ समूहले थालनी गरेको कार्य अत्यन्तै उदाहरणीय रहेको समेत वडा सदस्य कुँवरले बताए । उनले थपे,’जुन कार्य समूहले गरेको छ,त्यो कार्य त स्थानीय सरकारले गर्नुपर्ने हो,तर गर्न सकेको छैन’। अबदेखि स्थानीय सरकार धेरै गम्भीर हुनुपर्ने समेत वडा सदस्य कुँवरले बताए । यस्तै उनले आगामी दिनमा वडाबाट गर्नुपर्ने विविध सहयोगहरु गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
महिला सशक्तिकरण तथा उद्यम विकास तालिम अन्तर्गत सालझन्डी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उद्घाटन भएको १५ दिने तालिममा ३० जना महिलाहरुलाई सहभागी गराइएको र उक्त तालिमको प्रशिक्षकमा सुशीला चौधरी रहेको समूहका कोषाध्यक्ष कृष्ण कुमार यादवले जानकारी दिए ।
समूहका सदस्य टोपलाल खनालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा समूहका पूर्व अध्यक्ष चन्द्रप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन समूहका सचिव माया नेपालीले गरेकी थिइन्।
त्यस्तै तालिम उद्घाटन कार्यक्रमलाई समापन गर्दै अध्यक्ष शाहले अहिलेसम्म समूहमा दशौँ जना अध्यक्ष भएको तर यसरी तालिमको आयोजना भने समूहले पहिलो पटक गरेर महिला दिदीबहिनीहरुलाई सीपमूलक तालिम प्रदान गरेको बताए । उनले समूहभित्रका महिला दिदीबहिनीहरुलाई तालिमको माध्यमबाट आत्मनिर्भर बनाउने प्रमुख उद्देश्यका साथ यो तालिमको आयोजना गरिएको अध्यक्ष शाहले बताए ।
यस्तै उनले आगामी दिनमा समूहले आम उपभोक्ताहरुको मागहरुलाई मध्यनजर गर्दै विविध कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताएका छन् । अहिले सामुदायिक वन भित्र ६ हजार बढी अमला रहेको र ३०० बढी मौवाका बिरुवाहरु रहेकाले उक्त बिरुवाहरुबाट समूहले आम्दानीको माध्यम बनाएर अघि बढ्ने योजना बनाएको समेत समूहका अध्यक्ष शाहले बताए । अहिले आफूलाई समूहभित्रका विशेष व्यक्ति र आम उपभोक्ताहरुले साथ सहयोग गरेको हुँदा यस खालका कार्यहरु गर्न सफल भएको समेत उनले दाबी गरे ।
