
Rgp
Asb
Ggp
Jns
Rgp
Dbs
Lnp
lnp
Rgp
Dus
ksb
Usb
Pbu
Ggp
Sgp
Lks
Rgp


बाँके । मुस्लिम महिलाको आत्मनिर्भरता र नेतृत्व क्षमतामा वृद्धि गर्ने उद्देश्यसहित तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ ।
तालिम बास नेपालको आयोजनामा र सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहकार्यमा सञ्चालन भएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार तालिमको उद्घाटन गरे । उनले महिलाहरूको क्षमता विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै सहभागी महिलाहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरे । मन्त्री तिमिल्सिनाले मुस्लिम महिलाहरुले विविध समस्याको सामना गरिरहेकाले आफ्नो हक–अधिकारका लागि जागरुक र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए ।
त्यस्तै प्रदेशसभा सदस्य मिना सिद्दिकी बोहराले मुस्लिम महिलाहरुको उत्साहजनक सहभागिता देख्दा खुसी लागेको बताइन् । उनले भनिन्,“अब आफ्ना हक–अधिकारका लागि आफैँ अघि बढ्नुपर्छ,समुदायमा अझै धेरै काम गर्न बाँकी छ।”
सामाजिक विकास डिभिजनका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिमका विषयवस्तु आत्मसात् गर्न आग्रह गरे । बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन कार्यकारी निर्देशक नमस्कार शाहले गरे। उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत गर्दै तालिमको उद्देश्यबारे जानकारी दिइन् ।
यस्तै प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार,महिलाको अवस्था,महिलावाद, नेतृत्व विकास र सकारात्मक सोचका विषयमा सहजीकरण गरे । तालिममा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाबाट ९० जना मुस्लिम महिलाको सहभागिता रहेको छ ।
