
Pbu
Rgp
Usb
Ggp
Asb
Dus
Ggp
Rgp
ksb
Dbs
Lnp
Rgp
Sgp
Jns
Lks
Rgp
lnp


दाङ । गढवा गाउँपालिका वडा नम्बर ४,स्थित गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ मगरौटामा अघिल्लो समितिले झण्डै डेढबर्षसम्म बरबुझारथ नगरेपछि आर्थीक हिसाब कितावमा भद्रगोल देखिएको पाइएको छ ।
समितिले मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रेस बिज्ञप्ती मार्फत यस्तो कुरा सार्वजनिक गरेको हो । समितिका अध्यक्ष अयोध्या प्रसाद चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वितरीत प्रेस बिज्ञप्तीमा २०७५ सालमा स्थापना भएको पुरानो समितिका अध्यक्ष हालका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष समेत रहेको र उनको १६ महिना अघि पदावधी सकिएपछि निर्वाचन प्रकृयाबाट नयाँ समिति बनेको र उक्त समितिलाई पुरानो समितिले हालसम्म हिसाव किताव बरबुझारथ नगरेको आरोप लगाइएको छ ।
पूर्व अध्यक्ष चौधरीले बैठकमै उपस्थित भएर १ हप्तामा हर हिसाव सहित बरबुझारथ गर्ने प्रतिवद्धता गरि हस्ताक्षर समेत गरेको वितरीत बिज्ञप्तीमा उल्लेख छ । पुरानो समितिबाट बरबुझारथ नहुँदा संस्थाको नाममा बैंक खाता सञ्चालन गर्न,लेखा परिक्षण गर्न,नविकरण गर्न र खानेपानी विस्तार तथा सुदृढ गर्न बिभिनन निकायहरुमा बजेट माग गर्न समस्या देखिएको पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पूर्व अध्यक्ष हरिभगत चौधरीको कार्यकालमा केहि उपभोक्ताहरुका घरमा धारा जडान गरिएको तर रसिद नदिएको र निर्वाचन प्रकृयामा मताधिकारबाट समेत वञ्चीत भएको पत्रकार सम्मेलनमा गुनासो आएको छ । धारा छ, पानी आउँदैन, पैसा तिरें तर रसिद पाइएन–उक्त खानेपानी संस्थाका उपभोक्ता टोपलाल खनालले बताए । उनको जस्तै पैसा तिरेर पनि न त अभिलेखमा नाम छ न रसिद नै पाए, निर्वाचन हुँदा भोट हाल्न पनि पाइएन–उपभोक्ता सदस्य अनु चौधरीले भनिन् । कार्यक्रममा बोल्दै उपभोक्ता मन्नुलाल यादवले पनि उनिहरुको जस्तै समस्या भएको बताए ।
यस्ता केहि उपभोक्ताहरु छन् जसले पैसा तिरेका छन् तर रसिदको आम्दानी बाधेर अभिलेख नराख्दा उपभोक्ताको अधिकारबाट वञ्चित छन् पत्रकारहरुलाई वितरीत बिज्ञप्तीमा पुरानो समितिलाई आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष गुलाम मोहम्मदले आफू वडा अध्यक्ष रहेको बेला पूर्व अध्यक्षलाई खानेपानीको अध्यक्ष बनाएको र उनले पटक पटक हर हिसाब माग गर्दा अहिलेको समितिलाई हिसाब बरबुझारथ नगरेको र यथाशिघ्र बरबुझारथ गर्नुपर्ने बताए । यस अघि उक्त खानेपानी आयोजनाको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको,अख्तियार र खानेपानी डिभिजन आएको तर के गर्यो के केहि जानकारी नभएको मोहम्मदले बताए ।
त्यस्तै कार्यक्रममा स्थानीय बुद्धिजिवी ओंम बहादुर केसी र जनप्रतिनिधी टुकमान कँवरले सामाजिक संस्थामा कसैले पनि राजनितिक प्रतिशोध राख्न नहुने र यथाशिघ्र पूर्व अध्यक्षले हिसाब किताव वरबुझारथ गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा लगाइएको आरोपबारे पूर्व अध्यक्ष हरिभगत चौधरीसंग बुझ्दा नयाँ समितिले जत्तिवेला मागेपनि हर हिसाव बर बुझारथ गर्ने बताए । उक्त आयोजनाको टंकी निर्माण र डिप बोरिङ गाड्ने कार्यमा खानेपानी डिभिजन कार्यालयबाटै टेण्डर भएको, आफूले कुनै उपभोक्तालाई रसिद नै नकाटेर धारा जोडिदिएको र निर्वाचनका बेला भोट हाल्न लगाएर खानेपानी निःशुल्क गरिदिने भनेको झुठा आरोप भएको बताए । हालको समिति भित्र पनि मेलमिलाप नभएको,रसिद नकाटेरै हालका अध्यक्षले केहि उपभोक्ताका घरमा धारा जोडेको भन्दै पुरानो समितिलाई अनाहकमा आरोप लगाइएको भनि चौधरीले आरोपको खण्डन गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा खानेपानी समितिका पदाधिकारी, नेपाली काँगे्रस, नेकपा एमाले, माओवादी केन्द्र, राजमो, रास्वपा, जनता समाजवादी र नेकपा मशाल गरि सात वटा राजनितिक दलका प्रतिनिधी, बिभिन्न मिडियाका पत्रकारहरु तथा उपभोक्ताहरुको समेत उपस्थिति रहेको थियो ।
