
Csbg-7
Jsbg-7
Rksr-7
Jsbr-3
Pbu
Gsbr-6
ksbl-7
Gsbg-3
Msbg-2
Usbl-7


काभ्रे । महाभारत गाउँपालिकाले महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासनमा उत्कृष्टता देखाएको छ ।
प्रतिवेदनअनुसार १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण हुँदा कुनै बेरुजु नदेखिएको हो। अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य नै थियो । उनले देशभरकै एक मात्र शून्य बेरुजु पालिका भएको दाबी गर्दै जनताको विश्वासलाई कायम राख्ने अठोट दोहोर्याए ।
त्यस्तै आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा निरन्तरता दिँदै आएको पालिकाले यस उपलब्धिलाई समन्वित प्रयासको परिणाम भनेको छ।
