
Csbg-7
Msbg-2
Gsbg-3
Gsbr-6
Jsbr-3
Usbl-7
Jsbg-7
Rksr-7
ksbl-7
Pbu


दाङ । रुकुम पश्चिममा आज गाडी दुर्घटना हुँदा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १०, घर भई हाल दाङको तुलसीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
त्यस्तै प्रहरीका अनुसार सोमबार आज दिउँसो रुकुम पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु प्र ०२(००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी सानीभेरी गाउँपालिका वडा नम्बर १० तिमिलेमा दुर्घटनामा परेको हो ।
यस्तै दुर्घटनामा परेर उनको श्रीमती, माइली आमा र गाडी चालक घाइते भएका छन् । गाडीमा चालक सहित चार जना मात्र रहेको बताइएको छ । वलि दम्पती कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम गएर फर्किने क्रममा तिमीलेमा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार तीव्र गतिमा रहेको गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको थियो ।
