Sidha Patra मंगलबार, बैशाख २३, २०८२

मकवानपुर । गाडी भासिएर हराएको विषयमा आजदेखि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ ।

मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो । विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।

त्यस्तै विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था,माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए । घटना स्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी रहेको उनले बताए । टोलीले प्रोटोन म्याग्नेटोमिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उनको भनाई छ ।

म्याग्नेटो मिटरको आधारमा भूगोलको चुबकीय क्षेत्र तथा पदार्थको अवस्था पत्ता लगाउने उनले बताए । गत शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो ।

ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिनमै भासिएर बेपत्ता भएको थियो । लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उप-महानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागि भूगर्भविदलाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]