Sidha Patra शनिबार, बैशाख २०, २०८२

रौतहट । बाराको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरिएको ट्याक्टर सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल ३ बाँतरा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, गाँजा तस्करहरू हेटौडा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ को कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका ४ देवतिस बस्ने वर्ष २४ को सिताराम प्रजा ,मकवानपुर बकैया गाउँपालिका ५ छतिवन बस्ने वर्ष २२ को नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

त्यस्तै आदर्शकोतवाल ३ बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरी राखेको प्र.२-०३-००१त ४८७६ नं. को ट्याक्टरको ढालामुनि फल्स बटन बनाई गाँजा लुकाई छिपाई राखिएको छ भन्ने प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो । लगत्तै शुक्रवार साँझ इलाका प्रहरी कार्यालय बारागढी बाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्याक्टरको ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको गाँजा १५ वटा काटुनमा २२५ किलोग्राम बरामद गरेको थियो।

यस्तै गाँजा र ट्याक्टरसहित चालक नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा थप ३ जनाको संलग्नता रहेको देखिएको थियो। प्रहरीले कोल्हवी बजार स्थितमा रोज उड होटेलको कोठा नम्बर ३०३ मा छापामारी गाँजा तस्कर तीनैजनालाई पक्राउ गरेको थियो।

त्यस्तै बरामद गाँजा,ट्याक्टरसहित चारैजना जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको जानकारहरुले बताएका छन्। रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]