
Gsbr-6
Gsbg-3
Pbu
Rksr-7
ksbl-7
Csbg-7
Jsbg-7
Jsbr-3
Usbl-7
Msbg-2


दाङ । गढवा उद्योग बाणिज्य संघले बुधवार एक कार्यक्रमको आयोजना गरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा कार्यकाल पुरा गरि बिदाई भएर जान थालेकि प्रहरी निरीक्षक कालिका कार्कीलाई विदाई तथा नयाँ आउन लागेका प्रहरी निरीक्षक डबल बहादुर वमलाई स्वागत गरेको छ ।
संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक बमको स्वागत तथा प्रहरी निरीक्षक कार्कीको बिदाई गरिएको हो । ईप्रका गढवामा २८ औं प्रहरी प्रमुख कालिका कार्कीले बिभागीय नियमानुसार कार्यकाल पुरा गरेर विदा भएकि छिन् छ भने २९ औं कार्यकालका लागि प्रहरी निरीक्षक डबलबहादुर वम आएका हुन् ।
त्यस्तै यस अघि रञ्जु केसी,नविन ओली र कालिका कार्की गरी ३ जना महिला प्रहरी प्रमुख भएर ईपका गढवामा आएको र उनिहरु सबैको कार्यकाल रचनात्मक र प्रशंसनिय रहेको कार्यक्रमका सहभागिहरुको भनाइ रहेको थियो । इप्रका गढवाको कार्यक्षेत्र गढवा र राजपुर दुई गाउँपालिकाका १५ वटा वडाहरु र ३४ बढी नेपाल भारत सिमासंग जोडीएका नाकाहरु रहेकोले सुरक्षा सतर्कतामा निकै चुनौति रहेको र यसअघिका प्रहरी प्रमुखले यस क्षेत्रमा अपराध नियन्त्रण र शान्ती सुरक्षा तथा अमन चैन कायम गरि सफल नेतृत् वगर्न सक्षम भएको कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
बिदाई तथा स्वागत कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, नेपाल रेडक्रस सोसाईटी गढवाका सभापति उमाकान्त पन्त,वडा सदस्य तथा संघका सल्लाहकार दिनमणी आचार्य, एमाले लुम्बिनी प्रदेशका सदस्य रामप्रसाद गैरे,आयाम सहकारीका सचिव श्याम बहादुर चौधरी लगायतले बोलेका थिए । यसैगरी बिदाई भएर जान लागेकी कार्यालय प्रमुख कालिका कार्कीले ११ महिनामा आफूले गरेका महत्वपूर्ण कार्यहरु,अनुभव तथा कार्यसम्पादनका बारेमा बोलेकि थिइन् भने नयाँ कार्यालय प्रमुखले आफ्नो कार्यक्षेत्रमा रहेका आम नागरिकहरुको शान्ती सुरक्षा र अमनचैनका लागि सबैसंग समन्वय र सहकार्य गरी कुसलतापूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।
यसैगरी गढवा गाउँपालिकाले पनि बुधवार एक कार्यक्रम गरी स्वागत तथा बिदाई गरेको गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले जानकारी दिए । संघका उपाध्यक्ष चिन्ता प्रसाद पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका कोषाध्यक्ष दुखहरण यादवले गरेका थिए ।
