
Gsbr-6
ksbl-7
Jsbg-7
Pbu
Usbl-7
Csbg-7
Msbg-2
Rksr-7
Jsbr-3
Gsbg-3


काठमाडौं । नेपाली बजारमा बिहीबार आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै,चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
