
Usbl-7
Jsbr-3
Csbg-7
Msbg-2
Jsbg-7
Gsbr-6
ksbl-7
Rksr-7
Pbu
Gsbg-3


काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर २,घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् । मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
यस्तै उनीमाथि पीडितहरुबाट २४ लाख रकम लिएर फरार भएको आरोप लागेको छ ।
