
Rgp
Asb
Jns
Dus
Lks
ksb
Rgp
Lnp
Ggp
Rgp
Pbu
Rgp
Usb
Dbs
Sgp
Ggp
lnp


बाजुरा । गेटा आँखा अस्पतालको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषध सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित राजपुरबाट पक्राउ गरेको हो ।
बानिया नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार बानिया र साथमा रहेका त्रिणेवी नगरपालिका–८ निवासी २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषध खैरो हेरोईनसहित नियन्त्रणमा लिइएको हो।
त्यस्तै उनीहरु सवार लु.प्र.०१–००१ प ९२७८ नम्बरको मोटरसाइकलको चेकजाँचका क्रममा गिरीले बोकेको झोलाभित्र प्लास्टिकमा प्याक गरिएको १० ग्राम तथा प्लास्टिकबाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।
विशेष सूचनाका आधारमा प्रहरीले गरेको यस अपरेशनको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दले गरेका थिए । हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रातोपाटी
