Sidha Patra बिहिबार, माघ २२, २०७७

दाङ । सेनाले बिहीबार म्यानमारको फेसबुक तथा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै म्यानमारका मानिसहरुका लागि सामाजिक सञ्जाल फेसबुकलगायतका सामाजिक सञ्जाल सञ्चारको महत्वपूर्ण प्लेटफर्मको रुपमा रहँदै आएको थियो । गत सोमबार म्यानमारको सेनाले मुलुकका प्रजातन्त्र पक्षधर नेताहरु तथा सांसदहरुलाई हिरासतमा लिँदै कू गरेको थियो ।

सेनाद्वारा कू भएपछि म्यानमारका मानिसहरुले फेसबुकमा तस्वीर तथा भिडियोहरु सेयर गरेका थिए । जसको कारण ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा उत्रिएका थिए । म्यानमारको सञ्चार तथा यातायात मन्त्रालयले यो प्रतिबन्ध फेब्रुअरी ७ सम्म जारी रहने बताएको छ । मन्त्रालयले पछिल्लो समय फेसबुकको प्रयोगले मानिसहरुले मिथ्या समाचार तथा गलत सन्देश प्रवाह भइरहेको दाबी गरेको छ ।

त्यस्तै मन्त्रालयले अहिले म्यानमारको स्थायित्व नचाहने मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख्य मात्रामा गलत सन्देश प्रवाह गरिरहेको दाबी गरेको छ । यस्तै फेसबुकले पनि आफ्नो सेवा म्यानमारमा बन्द भएको पुष्टि गरेको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारको सैन्य कू असफल हुनुपर्ने बताउनु भएको थियो । उहाँले गत नोभेम्बरमा भएको निर्वाचनपछि सेनाले सत्ता आफ्नो हातमा लिनु अस्वीकार्य रहेको बताएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]