
Unsku
Lnp
Gfs
Sgr
Djs
cjs
Pbu
pku
Rgp1
Ggp
Srbpu
Pes
Rgp
Ses

Sls
Vor
Ssm
Tsm
Ksm
Bbu
Rsb
Pvg
Bbbpu
Rgs
Asm
Rgu
Wsp
Gst
Rgu
Sbs
Ggd
Hal
nsb

Syp
bbt
Rpp
Jmb
Abd
Bml
Jmb
Gsb
Mks
Ptm
Rmb
Pls
sab
दाङ । सेनाले बिहीबार म्यानमारको फेसबुक तथा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै म्यानमारका मानिसहरुका लागि सामाजिक सञ्जाल फेसबुकलगायतका सामाजिक सञ्जाल सञ्चारको महत्वपूर्ण प्लेटफर्मको रुपमा रहँदै आएको थियो । गत सोमबार म्यानमारको सेनाले मुलुकका प्रजातन्त्र पक्षधर नेताहरु तथा सांसदहरुलाई हिरासतमा लिँदै कू गरेको थियो ।
सेनाद्वारा कू भएपछि म्यानमारका मानिसहरुले फेसबुकमा तस्वीर तथा भिडियोहरु सेयर गरेका थिए । जसको कारण ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा उत्रिएका थिए । म्यानमारको सञ्चार तथा यातायात मन्त्रालयले यो प्रतिबन्ध फेब्रुअरी ७ सम्म जारी रहने बताएको छ । मन्त्रालयले पछिल्लो समय फेसबुकको प्रयोगले मानिसहरुले मिथ्या समाचार तथा गलत सन्देश प्रवाह भइरहेको दाबी गरेको छ ।
त्यस्तै मन्त्रालयले अहिले म्यानमारको स्थायित्व नचाहने मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख्य मात्रामा गलत सन्देश प्रवाह गरिरहेको दाबी गरेको छ । यस्तै फेसबुकले पनि आफ्नो सेवा म्यानमारमा बन्द भएको पुष्टि गरेको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारको सैन्य कू असफल हुनुपर्ने बताउनु भएको थियो । उहाँले गत नोभेम्बरमा भएको निर्वाचनपछि सेनाले सत्ता आफ्नो हातमा लिनु अस्वीकार्य रहेको बताएका थिए ।
