
Unsku
Rgp
Srbpu
Rgp1
Pbu
Djs
Sgr
Lnp
cjs
Gfs
Ggp
pku
Pes
sbs

Bbu
Sls
Asm
Rgu
Tsm
Wsp
Ssm
Pvg
Gst
Hal
Bbbpu
Vor
Rgs
nsb
Rgu
Sbs
Ksm
Ggd
Rsb

Bml
Abd
Ptm
Rpp
Mks
Syp
Rmb
Jmb
bbt
Jmb
sab
Gsb
Pls
दाङ । जिल्लाको परन्धारा हापुरेदेखि गंगदी,रिहार र धानखोला सम्मका एम्बुलेन्स चालकहरु शनिवार एकै थलोमा जुटेर गहन छलफल गरेको जिल्ला अध्यक्ष देविराज चौधरीले बताएका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ दाङको आयोजनामा देउखुरीको गढवामा आयोजित मैत्रिपूर्ण फूटवल र समस्या र चुनौतिका विषयमा छलफलमा जुटेका जिल्लाभरका चालकहरुले एम्बुलेन्समा बिचौलिया, दलाल र माफियाहरुको राजनिती भैरहेको टिप्पणी गरेका छन् ।
संघको जिल्ला अध्यक्ष देविराज चौधरीको अध्यक्षता र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बसेलले एम्बुलेन्स चालकहरु बिरामीका आकस्मिक समस्या समाधान गर्ने घरदेखि अस्पताल सम्मका डाक्टर भएको ले चालकहरुको भूमीका महत्वपूर्ण र जिम्मेवारीपूर्ण हुने बताए । जिवनभर एम्बुलेन्स चलाएर मजदुरी गरेका चालकहरु घर फर्किदा रित्तोहत फर्किनुपर्ने बाध्यता अन्त्य गर्न एम्बुलेन्स सञ्चालकहरु गंभिर बन्नुपर्ने भन्दै चालक बिमा र संचयकोषको ब्यवस्था गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै संघका संस्थापक केन्द्रिय सल्लाहकार बसन्त अधिकारी बिक्रान्तले स्वास्थ्य क्षेत्रका माफिया, बिचौलिया र अनधिकृत मिडियाहरुले एम्बुलेन्स सञ्चालक र चालकहरुलाई पटक–पटक प्रहार गरिरहेको बताउँदै समस्या र चुनौतिहरुसंग सामना गर्न चालक र सञ्चालकहरुको बलियो एकता जरुरी भएको औंल्याए । संस्थाले बैधानीकता प्राप्त गर्दा निकै चुनौति खेपेको प्रसंग औंल्याउँदै चालकहरुको ट्रेड युनियन संघलाई आईपर्ने हरेक खाले समस्यामा आफ्नो साथ सहयोग रहने बताए ।
दाङ जिल्लामा कूल ८२ एम्बुलेन्सहरु रहेकोमा ६७ एम्बुलेन्स चालु अवस्थामा रहेको र १५ वटा एम्बुलेन्स विविध समस्याका करण बन्द अवस्थामा रहेको केन्द्रिय सदस्य तथा दाङका निवर्तमान अध्यक्ष सुवास रिजालले जानकारी दिए । नेपाल सरकारले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिकाको मापदण्डमा पनि बिचौलियाहरुको राजनिति लुकेको उनले बताए । एम्बुलेन्स सञ्चालकहरुले कतिपय जायज मापदण्ड पालना गर्नुपर्ने र कतिपय मापदण्डहरु निर्देशिका मार्फत जबरजस्त लादिएको पनि कार्यक्रमका बत्तलाहरुले औल्याए ।
त्यस्तै हालै नेपालगञ्जको ध्वनी खबर नामक सामाजिक सञ्जालले तथ्यहिन, गलत र भ्रामक समाचार प्रसारण गरि दाङ र बाहिरी जिल्लाका एम्बुलेन्स चालकहरुलाई प्रहार गरेकोमा केन्द्रिय सदस्य सुवास रिजालले न्यायको खोजिमा आफूहरु प्रेस काउन्सिल,पत्रकार महासंघ र जिल्ला प्रशासनमा जानुपर्ने अवस्था आएको बताए । एम्बुलेन्स चालकहरुको हक,हित,अधिकार,न्याय र स्वतन्त्रताको पक्षमा संयुक्त, एम्बुलेन्स चालक संघले सधैव एकढिक्का भएर अगाडी बढ्ने भन्दै चालकहरुलाई सधैव मानव सेवामा जिम्मेवार ढंगले सरिक रहन समेत आग्रह गरिएको छ ।
