
Pbu
Srbpu
cjs
Pes
pku
Sgr
Djs
Ggp
Gfs
Lnp
Ses
Rgp
Unsku
Rgp1

Ggd
Ssm
Rgs
Bbu
Rgu
nsb
Bbbpu
Asm
Hal
Rgu
Rsb
Tsm
Sbs
Wsp
Pvg
Ksm
Vor
Sls
Gst

Mks
Gsb
Syp
Pls
bbt
Bml
Jmb
Rpp
Jmb
Ptm
Rmb
sab
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । बारम्बार आग्रह गर्दापनि कार्यपालिकाको बैठक नबोलाई जनताको काममा ढिलासुस्ती गरेको आरोप लगाउँदै कार्यपालिका सदस्यहरुद्वारा गाउँपालिकाको गेटमा तालाबन्दी गरिएको हो ।
यस अघि ५ दिनको अल्टिमेटम सहित वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना विभिन्न माग सहित २१ जनाको सदस्यहरुको हस्ताक्षरमा ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो । त्यस्तै ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको, साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समितिलाई गाउँपालिकाले आधिकारिता प्रदान नगरेको, गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठाउदा पनि निगरानी नवढाई राजश्व गुमाएको, गाउँपालिकाको वडा नम्बर ५ को खेलमैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरीएको, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहेपनि सिमा विवाद हल गर्न चासो नदिएको लगायतका विषयमा आरोप लगाउँदै सोमबार कार्यालयमा तालाबन्दी गरिएको थियो ।
गाउँपालिकामा धर्ना
यस्तै राजपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरूले आफुहरूको माग गाउँपालिकाले सम्बोधन नगरेको भन्दै गाउँपालिका घेराउ गर्दै धर्ना दिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको नेतृत्वमा एक्काईस जना कार्यपालिका सदस्यहरूले सोमबार गाउँपालिकामा तालाबन्दी गर्दै विरोध र्याली समेत निकालेका छन ।
धर्ना दिदै कार्यपालिका सदस्यहरूले आफुहरूको माग तत्कालै समाधान गर्न माग गरेका हुन् । हाम्रो माग तत्कालै समाधान नभए मंगलबारदेखि गाउँपालिकामा चर्काे रुपमा विरोध गर्दै जुलुस निकाल्ने वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाले जानकारी दिनु भएको छ ।
त्यस्तै गाउँपालिकामा हामीले हाम्रो माग सहित चौधगते ज्ञापनपत्र बुझाएका थियौं तर, गाउँपालिकाले हाम्रो मागलाई व्यवस्ता गर्दै कुनै माग सम्बोधन नगरी बहिस्कार गर्यो, वडाध्यक्ष रोकाले भन्नु भयो । प्रतिनिधि मुलक गाउँपालिकामा धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
यसैगरी गाउँपालिका माग सम्बोधन नगरे विरोधको कार्यक्रम महिनौ दिन सम्म लम्ब्याउने वडाध्यक्ष रोकाले बताउनु भयो । दुईघण्टा धर्ना कार्यक्रम गरि कोणसभामा परिणत भएको थियोे । कार्यपालिका सदस्यले सोमबार लगाएको ताला प्रशासनले खुलाएको थियो ।
यस्तै गाउँपालिकाको आग्रहमा ताला खोलेको प्रहरीले जनाएको छ । यसै बिच गाउँपालिका अध्यक्ष लोकराज केसीले कार्यपालिका सदस्यले राखेको मागलाई शम्बोधन गर्ने गरी छलफल भइरहेको जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँहरुले पेश गर्नुभएको ज्ञापन पत्रको जवाफ पनि दिएका छौ मंगलबार सर्वदलिय बैठकको आयोजना गरी बुधबार कार्यपालिका बैठक राखेर समाधान गर्नेगरी छलफल भइरहेको छ, अध्यक्ष केसीले भन्नु भयो । पछिल्लो समय राजपुर गाउँपालिकामा बढ्दो राजनीतिकरणका कारण पटक पटक यस्ता समस्याहरु आइरहेको बुझिएको छ ।
त्यसैगरी जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले विभिन्न राजनीतिको कारण त्यहाँको नागरिकलाई सास्ती दिन नहुने बताउनु भएको छ । सोमबार सिधापत्र संगको कुराकानीमा उहाँले पार्टी जुनसुकैको भएपनि यतिबेला सबै नागरिकले आफ्नो मत दिएर जनप्रतिनिधिको रुपमा स्थापित गराई सकेपछि,कार्य गर्ने क्रममा विभिन्न समस्याहरु सिर्जना भए खण्डमा उक्त समस्यालाई छलफलको माध्यमद्वारा समाधान गर्नु पर्ने बताउनु भयो ।
