
Rgp1
Lnp
Pes
Sgr
Pbu
Rgp
pku
Djs
cjs
Srbpu
sbs
Unsku
Ggp
Gfs

Rgu
Rgu
Rgs
Tsm
Ksm
Pvg
Hal
Ggd
Vor
Sbs
Sls
Rsb
Bbbpu
Ssm
nsb
Wsp
Asm
Bbu
Gst

Jmb
bbt
Jmb
Mks
Abd
Pls
Gsb
Rpp
Ptm
Bml
Syp
Rmb
sab
दाङ । डाक्टर सम्शेर थापालाई सम्मान तथा बधाई गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.थापाले विद्यावारिधि डाक्टरको उपाधि हासिल गरेसंगै एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको हो ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुर दाङ र लायन्स क्लव अफ गोरक्ष देउखुरीले लमही आँखा अस्पतालमा बधाई तथा सम्मान गरेको हो ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले डा.थापाको अर्थक प्रयास र मिहेनतले पिएचडी अध्यन पुरा गरेको भन्दै आगामी दिनमा पनि थप सफताको शुभकामना दिएका थिए ।
आँखा स्वास्थ्य कार्यक्रममा दुई दशक भन्दा अगाडीदेखि क्रियासील भई प्रशासकको रुपमा काम गरेका डा.थापाले जगन्नाथ विश्वविद्यालय जयपुर राजस्थानबाट व्यवस्थापन विषयमा पिएचडी अध्यापनपुरा गरि विद्यावारिधि डाक्टरको उपाधि हासिल गरेको भन्दै थापा सबैको प्रेणाको श्रोत भएको बोल्ने बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ दाङका सभापति गिरीले संघद्वारा सञ्चालित अस्पतालहरुको उत्कृष्ट प्रशासकिय जिम्मेवारी पुरा गरेको भन्दै विद्यावारिधि उपाधिसंगै थप उत्कृष्ता हासिल गर्ने बताए । गिरीले डा. थापाको उत्कृष्ट प्रशासकीय जिम्मेवारी निभाई तीनवटा अस्पताललाई व्यवस्थीत गरेको बताएका थिए ।
त्यस्तै सभापति गिरीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पतालहरुबाट थप विशेषज्ञ सेवा साथै यसलाई गुणस्तरी सेवा प्रवाह गर्ने संस्था बनाउन सबैले पहल गरि रहेको बताए । गिरीले संघले सञ्चालन गरेका आँखा अस्पतालहरु अहिले देशकै अवल सावित हुदै जानु कुशल व्यवस्थापन र प्रशासन भएको बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काले डा. थापाको कुशल व्यवस्थापन प्रसंसनीय भएको बताएका थिए । उनले यसले अन्य व्यक्तिलाई समेत विद्यावारिधि गर्न हौसला मिलेको बताए ।
त्यस्तै सचिव घनश्याम सुवेदीले संघद्धारा सञ्चालित अस्पतालहरुको व्यवस्थापकीय पक्ष झनै उच्च हुने भन्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ गोरक्ष देउखुरीका अध्यक्ष मधुप्रसाद न्यौपाने,नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्यामप्रकास आचार्य,सहकोषाध्यक्ष प्रणव कुमार खड्का,सदस्य ध्रुव गौतम,छन्दबहादुर जिसी,समाज सेवि शेषदत्त चौधरीले पिएजडि उपाधि हासिल गर्ने चानचुने कुरा नभएको भन्दै डा.थापा लगायत संस्थाको समेत गौरबको विषय भएको बताएका थिए । यस्तै विभिन्न व्यक्ति कर्मचारीहरुले डा. थापालाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा डा.थापाले विद्यावारिधि हासिल गर्न सहयोग गर्ने नेपाल नेत्रज्योति संघ तथा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आफुले सबैको साथ हौसलाबाट आफुले व्यवस्थापन विषयमा पिएजडी उपाधि हासील गर्न सफल भएको भन्दै यो अन्य कर्मचारीहरुको लागि पनि प्रेणादायिक उदारण बन्नु पर्ने बताए । डा. थापाले आफुले आफ्नो जिवनको अनुभवको संगालोबाट विद्यावारिधिको उपाधि हासिल गरेको भन्दै त्यो भन्दापनि बढी समाज सेवीहरुले सेवा र अनुभवले विद्यावारिधि गरी सकेको बताए ।
त्यस्तै उनले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित अस्पताल र उपचार केन्द्रको थप प्रशासनिक सुधारका लागि सबैले साथ सहयोग दिनुपर्ने बताए । डा.थापा लायन्स इन्टरनेशनल ३२५ एनका डिष्ट्रिक्ट एक्जेक्यूटिभको चिफ तथा लायन्स क्लव अफ स्वर्गद्धारीका संस्थापक अध्यक्ष समेत भैसकेका छन् ।
