
Tgp
Ksb
Rsb
Ppu
Ksb
Nsb
Usb
Rks
Ssb
Gsb
Csb
Ssb
Ksb
Bsn

Usb
Tsb
Gsb
Hl1
Ssb

ptl
Nps
Rgu
दाङ । दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हस्तनापुर निवासी मनबी पाण्डे खत्रीका छोरालाई उपचार गराउनको लागि शनिबार ६८ हजार बढी आर्थिक सहयोग भएको छ ।
जन्मजात मलद्वार बन्द भएर पेटबाट दिशा गराउनु पर्ने अबस्था रहेको र उपचारकालागि आर्थिक अबस्था कमजोर भएपछि दाताहरुको पहलमा ६८ हजार बढि आर्थिक सहयोग गरिएको हो । अहिले उपचारमा तीन लाख भन्दा बढि खर्च भएको तर, बच्चाको अबस्थामा कुनै सुधार नभएपछि पुनःआर्थिक संकलन गरेर ६८ हजार एक सय,५ रुपैँया आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरी डाक्टरले अझै तीन लाख भन्दा बढी रकम लाग्ने भनेको भन्दै सोही अनुसार उपचार खर्चका लागि पाण्डेले सबैलाई आर्थिक सहयोग गर्न अनुरोध गर्नु भएको थियोे । समाजसेवी वायु पौडेलको अगुवाईमा दकिरियामा संचालित,पश्चिम दाङको बाबु बचाउ अभियान कार्यबाट संकलन भएको नगद रकम ति बच्चाका हजुर बुवा जंगबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै विभिन्न जिल्ला देखि ३९ जना दाताहरुको सहयोगबाट संकलन भएको उक्त रकमलाई बबई स्थित हापुरे,पुरन्धारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तिलाराम भण्डारी, भुपबहादुर क्षेत्री र पृथ्वी पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । चारदिन सम्म निरन्तर संचालित सो अभियानबाट संकलन भएको रकमलाई शनिबार घरमै पुगेर सहयोग गरिएको पृथ्वीनारायण पौडेलले सिधापत्रलाई जानकारी दिनु भयो ।


