
Rgp1
pku
Djs
Unsku
Srbpu
Gfs
Rgp
Ses
Pes
Pbu
Sgr
Ggp
Lnp
cjs

Ksm
Rsb
Sbs
Rgu
Hal
Rgu
Vor
Asm
Pvg
nsb
Tsm
Rgs
Ssm
Sls
Gst
Wsp
Bbu
Bbbpu
Ggd

Gsb
Jmb
bbt
Pls
Syp
Abd
Ptm
Rpp
Bml
Rmb
Mks
Jmb
sab
दाङ । दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हस्तनापुर निवासी मनबी पाण्डे खत्रीका छोरालाई उपचार गराउनको लागि शनिबार ६८ हजार बढी आर्थिक सहयोग भएको छ ।
जन्मजात मलद्वार बन्द भएर पेटबाट दिशा गराउनु पर्ने अबस्था रहेको र उपचारकालागि आर्थिक अबस्था कमजोर भएपछि दाताहरुको पहलमा ६८ हजार बढि आर्थिक सहयोग गरिएको हो । अहिले उपचारमा तीन लाख भन्दा बढि खर्च भएको तर, बच्चाको अबस्थामा कुनै सुधार नभएपछि पुनःआर्थिक संकलन गरेर ६८ हजार एक सय,५ रुपैँया आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरी डाक्टरले अझै तीन लाख भन्दा बढी रकम लाग्ने भनेको भन्दै सोही अनुसार उपचार खर्चका लागि पाण्डेले सबैलाई आर्थिक सहयोग गर्न अनुरोध गर्नु भएको थियोे । समाजसेवी वायु पौडेलको अगुवाईमा दकिरियामा संचालित,पश्चिम दाङको बाबु बचाउ अभियान कार्यबाट संकलन भएको नगद रकम ति बच्चाका हजुर बुवा जंगबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै विभिन्न जिल्ला देखि ३९ जना दाताहरुको सहयोगबाट संकलन भएको उक्त रकमलाई बबई स्थित हापुरे,पुरन्धारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तिलाराम भण्डारी, भुपबहादुर क्षेत्री र पृथ्वी पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । चारदिन सम्म निरन्तर संचालित सो अभियानबाट संकलन भएको रकमलाई शनिबार घरमै पुगेर सहयोग गरिएको पृथ्वीनारायण पौडेलले सिधापत्रलाई जानकारी दिनु भयो ।


