इराधा झाक्री मगर आइतबार, माघ १३, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर—५, कालापानीमा निर्माण भएको राप्ती आधारभूत अस्पतालको भवनलाइ शनिबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

अस्पतालको पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रोसंग धोका खाएको र धोकेबाजहरुलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका छन् ।त्यस्तै सरकारमा जान हतारो नभएको भन्दै आफू जनताको बीचमै रमाईरहेको पनि दावी गरे । ‘पछिल्लो चोटी नराम्रो धोका खाए,मैले धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’ उनले भने ,‘सरकारमा जान हतारो छैन । जागरण अभियानलाई उचाईमा पुर्‍याउने संकल्प लिएको छु ।’

प्रचण्डले माओवादीका जनप्रतिनिधिले जितेका स्थानीयतह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे । उनले आफु सरकारमा हुँदा र सरकारबाट बाहिरिदा पनि निरन्तर जनताको माया पाइरहेको दावी गरेका छ्न् ।‘ सरकारमा हुँदा र सरकारबाट बाहिर हुँदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’उनले भने, ‘सरकार होइन, म जनतासंग रमाईराखेको छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेका गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]