
Djs
Pbu
Pes
sbs
Unsku
Lnp
Gfs
Rgp1
cjs
Rgp
pku
Sgr
Srbpu
Ggp

Asm
Rgs
Ggd
Bbbpu
Bbu
Sbs
Wsp
Ssm
Vor
nsb
Tsm
Pvg
Hal
Gst
Rgu
Rgu
Rsb
Sls
Ksm

bbt
Syp
sab
Gsb
Jmb
Ptm
Bml
Abd
Jmb
Rpp
Mks
Rmb
Pls
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरिएको छ ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शुक्रबार भवनको बिधिवत उद्घाटन गरेका हुन । आर्थिक बर्ष २०७७/०७८ मा लमही नगरपालिकाको कुल ६५ लाखमा टेण्डर आह्वान गरिएको थियो । टेण्डर मार्फत निर्माणाधिन भवन सुबिधा सम्पन्न बनेको छ । किचन सहित ८ वटा कोठा रहेको भवन २ तल्लाको छ । चारैतिर पर्खालले घेरिएको स्वास्थ्य भवनबाट यसअघि नै सेवा सुचारु भईसकेको थियो ।
त्यस्तै भवन उद्घाटन समारोहलाई संबोधन गर्दै नगर प्रमुख जोगराज चौधरीले नगरपालिकाले केही गरेन भन्नेहरुका लागि यो भवन गतिलो उदाहरण बनेको बताए । स्वास्थ्य जस्तो संबदनशिललाई ध्यानमा राखी नगरले स्वास्थ्यलाई बढि प्राथमिकतामा राखेर काम गर्दै गरेको बताउँदै नगर प्रमुख चौधरीले जति सक्यो सेवा लिएर निरोगी बन्न नगरबासीलाई अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख चौधरीले हरेक वडामा स्वास्थ्य केन्द्र खडागरि सेवा दिईरहेको बताउँदै अझ प्रभाबकारी ढँगले सञ्चालनका निम्ति सबैको सहयोगको अपेक्षा गरे । उनले स्वास्थ्य केन्द्र सञ्चालनले टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको र स्थानिय स्तरको केन्द्रबाट सेवा लिन नगरबासीलाई अनुरोध समेत गरे ।
कार्यक्रममा सहभागीहरुले नगरस्वास्थ्य केन्द्र बन्गैमा जनशक्तीको अभाबले सेवामा केही ढिलाई हुने गरेको र जनशक्ति थपका निम्ति आवाज उठाएका थिए । हाल बन्गै स्वास्थ्य केन्द्रमा एकजना अहेब र एकजना कार्यालय सहयोगी मात्र कार्यरत छन । सहभागीको जिज्ञासा मेट्दै लमही नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले सबै स्वास्थ्य केन्द्र हरुमा कर्मचारी अभाब खड्किएको र त्यो समाधानका निम्ति प्रतिनिधीहरु सँग छलफल गरि उपाए निकाल्ने बताए । यो भन्दा अघि वडाध्यक्षले पनि यो समस्या सुनाईरहेको बताउँदै कार्यकारी देवकोटाले माथिल्लो दरबन्दी नआएपनि करारमा कर्मचारी भर्नाको लागि तयारी थालिने बताए । ‘स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रलाई ध्यानमा राखी भवन निर्माण संगै उद्घाटन भएको छ यसको अर्थ नगरपालिका बिकाश उन्मुख छ उनले भने-अझै धेरै काम गर्न बाँकि छन, हामी सबै मिलेर समृद्ध नगर निर्माणमा जुट्नेछौ ।’
यस्तै कार्यक्रममा ७ नम्बर वडाका वडाध्यक्ष तथा नगरप्रबक्ता मोहन गिरीले वडासंगै नगरको समृद्धिका निम्ति आफू सधै लागिरहने बताए । बिकटताका हिसाबले बन्गैमा स्वास्थ्य केन्द्र आबस्यक रहेको र सबैको छलफल र सहयोगले स्वास्थ्यको आफ्नै भवन निर्माण भएको बताए । हाईबे देखि करिब ३ किलोमिटर भित्र बस्तिका लागि यो स्वास्थ्य केन्द्रले सेवा दिने छ । कमानपुर, बन्गै, हसनापुर, खुटी, बनघुस्री लगायतका बस्तीहरुमा बसोबास गर्ने करिब आठसय घरधुरीले यस केन्द्रबाट सेवा लिनेछन् ।
भवन उद्घानको अबसर पारी वडा स्तरमा रहेर कार्यरत ८ जना स्वयमसेविका हरुलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । उनिहरुलाई फुलमाला अबिर दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा धनकुमारी चौधरी, छोट्कनिया चौधरी, निर्मला शर्मा, अनु थापा, अञ्जु चौधरी, सुष्मा चौधरी, कमला कुँवर र मुना परियार रहेका छन । वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण शर्मा, जिल्ला समन्वय समिती दाङका सदस्य कुलबहादुर बुढा मगर, स्थानिय तथा पत्रकार किरण बिक्रम शाह, बन्गैँ टोल बिकाश सँस्थाका सचिब शुबर्ण शाह, स्वर्गद्वारी हरियाली सामुदायिक बनका अध्यक्ष निरञ्जन सिँह, स्वयमसेबिका धनकुमारी चौधरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण नगरस्वास्थ्य केन्द्र बन्गैँका प्रमुख निर्मला बोहराले गरेकि हुन ।
वडाध्यक्ष मोहन गिरीको अध्यक्षता तथा नगरप्रुमख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।
