
Pbu
Jsbg-7
Usbl-7
Csbg-7
Jsbr-3
Gsbr-6
Msbg-2
ksbl-7
Rksr-7
Gsbg-3


काभ्रे । काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था नरहेको हो ।
त्यस्तै स्थानीयको सहयोगमा आगो निभाउने पहल भएपनि सम्भावना कम रहेको महतोले बताए । जंगलमा आगो लागेपनि बस्तीमा भने आइनपुगेको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिए । बेथानचोक १ बाट आगोको मुस्लो देखिएको स्थानीय गोपाल कृष्ण सापकोटाले जानकारी दिए ।
